काठमाडौं/२९ साउन-राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)ले गृहमन्त्री बालकृष्ण खाँडलाई भेटगरी शैक्षिक परामर्श क्षेत्रलाई व्यावस्थित र अनुशासित बनाउन आग्रह गरेको छ । बिहिबार सिंहदरबारमा भेटगरी शैक्षिक परामर्श क्षेत्रमा देखिएका विभिन्न विकृतिलाई नियमन गर्न आवश्यक रहेको भन्दै आग्रह गरेको हो ।
राष्ट्रिय शैक्षिक परामर्श संघका केन्द्रिय अध्यक्ष सन्तोष प्याकुरेलले शैक्षिक परामर्शको क्षेत्रमा देखिएको विकृति र त्रुटिलाई औलाउँदै परामर्शका नाममा कारोडौं पैसा उठाएर भाग्ने , मेनपावरको काम गर्ने जस्ता मानव तस्करका सञ्जालहरु तोड्न गृहमन्त्री समक्ष आग्रह गरेका छन् । यस्ता संस्थाले शैक्षिक परामर्शका नाममा विद्यार्थीलाई ठग्ने, गलत परामर्श दिने , अध्ययनमा पठाउँछु भन्दै कामकालागि पठाउने गरेको जानकारी गराउँदै यस्ता गतिविधिले उच्च शिक्षा अध्ययनमा जाने विद्यार्थी असुरक्षित र पिडित भएको जानकारी गराए ।
साथै यस्ता गतिविधिलाई व्यावस्थापन, नियमन गर्न आवश्यक रहेको र यसका लागि गृहमन्त्रालय अन्र्तगत समिति बनाई अनुगमन गरेर कारवाही गर्न माग गरेका छन् ।
गृहमन्त्री खाँडले यस विषयमा गृहमन्त्रालयले खेल्नु पर्ने भुमिकामा आफु तत्पर रहेको भन्दै सहयोग गर्ने प्रतिवद्धता व्याक्त गरेको नेकाका सचिव दिपक कोइरालाले जानकारी दिए । शैक्षिक परामर्शका नममा मानव तस्करी गर्ने, कामगर्न पठाउने र विद्यार्थीलई गलत परामर्श दिने र शैक्षिक परामर्शका नाममा भएका विभिन्न ठगि रेक्न सम्बन्धित मन्त्रालयसँग समन्वय गरी अगाडी बढ्ने बताएको सचिव कोइरालाले जनाए ।
भेटमा नेकाका अध्यक्ष प्याकरेलसँगै उपाध्यक्ष निरज सिटौला, सचिव दिपक कोइराला, कोषाध्यक्ष रमन कोइराला, सदस्यहरु विपी शर्मा र रविन्द्र थापाको सहभागिता रहेको थियो ।



