काठमाडौ /२३ असार- चिकित्सा शिक्षा आयोगले विदेशमा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीको कोभिड-१९ का कारण इन्टर्नसिप पूरा गर्न नपाएका विद्यार्थीहरुलाई नेपालमै इन्टर्नसिपको व्यावस्था गरेको छ ।
कोभिड १९ का कारण सम्कन्धित विश्वविद्यलायमा नै इन्टर्नसिपको अवधि पूरा गर्ने अवस्था भई २०२० को अप्रिल महिनाको अन्तसम्ममा अन्तिम परीक्षा उत्तीर्ण गरी इन्र्टनसिपको अवधि पूरा गर्न नपाएका विद्यार्थीको लागि व्यावस्था गरेको हो ।
चिकित्सा शिक्षा आयोगले सुचना जारी गर्दे त्यस्ता विद्यार्थीको लागि अन्तिम एक पटकका लागि नेपालमै बाँकी अवधि पूरा गर्ने व्यावस्था मिलाउने आयोगको कार्यकारी समितिको निर्णय भएको जानकारी गराएको छ ।
इन्टर्नसिप पूरा नभएका इन्टर्नसिप पूरा गर्न इच्छुक विद्यार्थीहरुले असार २४ गते देखि साउन ५ गते भित्र माग गरिएका सम्पुर्ण कागजात सहित आवेदन फारम भर्न सकिने जनाएको छ ।




