विद्यालय भवन नहुँदा खुला चौरमा पठन–पाठन गर्न बाध्य विद्यार्थी

हुम्ला ४ चैत– हुम्लाको दक्षिण भेगस्थित ताँजाकोट गाउँपालिकामा विद्यालय भवन नहुँदा विद्यार्थीहरु खुला चौरमा पठन–पाठन गर्न बाध्य छन् ।
गत वर्ष बाढीपहिराले विद्यालयको भवन भत्किएपछि कक्षा कोठा तथा भवन मर्मत गर्न नसक्दा सो विद्यालयका विद्यार्थी चौरमा अध्ययन गर्न बाध्य भएका हुन् ।

कोरोना महामारी पछि विद्यालयमा पठनपाठन सुरु भए पनि कक्षा कोठा नहुँदा दैनिक चौरमा चर्को घाममा अध्ययन गर्नुपरेको ताँजाकोट–२ को छप्रेलाको धर्मोदय माध्यामिक विद्यालयका विद्यार्थीहरुले गुनासो पोखेका छन् । साथै गर्मी, जाडो केही नभनी अध्ययन गर्न शिक्षक र विद्यार्थी दुवैलाई कठिन रहेको पनि उनीहरुले बताए ।
गत वर्ष पहिरोले अधिकांश विद्यालयका भवनमा क्षति पु¥याएकाले त्यहाँको विद्यार्थीले चौरमा अध्ययन गर्नु परिरहेको अवस्था छ । विद्यालयमा पानी परेका दिन पठनपाठन बन्द गर्नुपर्ने बाध्यता छ ।
कक्षा ६, ७, ११ र १२ का विद्यार्थीले खुला चौरमा पठनपाठन गर्दै आएका छन् भने कक्षा ८, ९ र १० का विद्यार्थी भने क्षति पुगेकै भवनमा अध्ययन गर्न बाध्य छन् ।
त्यहाँका अविभावकले सरोकारवाला निकायलाई अनुरोध गरेता पनि कुनै सुनुवाइ नभएको बताइएको छ ।