काठमाडौ /२४ फागुन – अन्तर्राष्ट्रिय नारी दिवस वास्तवमा मजदुर आन्दोलनको उपज हो, जसलाई पछि संयुक्त राष्ट्रले मान्यता दिएको थियो । आजभन्दा करिब एक सय १३ वर्ष अगाडि अर्थात् सन् १९०८ देखि अन्तर्राष्ट्रिय नारी दिवस मनाउन थालिएको हो । त्यतिबेला महिलाहरूले कामको उचित मूल्य, समय, स्वस्थकर वातावरण, सामाजिक सुरक्षा र मत खसाल्न पाउने समान अधिकारको माग गर्दै करिब १५ हजार महिलाहरूले गरेको अमेरिकाको न्यूयोर्क शहरको सडकमा हड्ताल र विशाल जुलुस प्रदर्शनको फलस्वरुप मनाईने महिला तथा नारी दिवस आजको दिनमा चर्चाको विषय बनेको छ ।
हरेक वर्ष मनाईने नारी दिवसको अवसरमा महिलाको अवस्थाबारे विभिन्न टिकाटिप्पणी गरी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै उनीहरुको सम्मान र गुणगान गाईन्छ । तर, आजभन्दा एक सय १० वर्षअगाडि श्रमिक महिलाको अवस्था जस्तो थियो, अहिले पनि त्यस्तै अवस्थामा छ । २१ औं शताब्दीमा आईसक्दा पनि महिलाको अवस्थामा सुधार हुन नसक्नु विडम्बनाको कुरो हो !
नेपालमा नारी दिवस वि.सं. १९७५ देखि मनाइँदै आइरहेको छ । नारी दिवसको अवसर पारी नेपालको शिक्षा क्षेत्रमा सक्रिय रहेका महिलाहरुसंग गरिएको कुराकानीमा खबर एजुकेशनले तयार पारीएको रिपोर्ट :
सुशीला अर्याल

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयकी शाखा अधिकृत सुशीला अर्याल काठमाण्डौं धर्मस्थलिकी हुन् । स्याङ्जा जन्मघर र हाल बुढानिलकण्ठ बस्दै आईरहेकी उनी स्याङ्जाको विद्यालयमा पाँच वर्ष सम्म विद्यालय निरीक्षकको रुपमा रहेकी थिईन् ।
विद्यालय निरीक्षकको रुपमा विभिन्न ग्रामिण क्षेत्रमा जाँदाखेरीको अनुभव सुनाउने क्रममा उनी भन्छिन्, “निरीक्षकको रुपमा आफू विभिन्न ग्रामिण क्षेत्रमा जाँदा त्यहाँका मानिसहरुले छोरी मान्छे भएर पनि सरकारी तथा उच्च तहमा बसेर काम गरेको भन्दै सकरात्मक उदाहरणको रुपमा लिएको थियो, जुन गर्वको कुरा हो ।” आफ्नो अनुभव बताउने क्रममा उनले देशमा अझै पनि पुरुष सरहको स्वतन्त्रता महिलामा नभएका कारण यसरी विद्यालय निरीक्षकको रुपमा दिन रात नभई खटिंदा महिलाहरुलाई खान र बस्नमा भने केही अप्ठेरो परिस्थितिको सामना व्यहोर्नुपरेको उनले खबर एजुकेशनलाई बताएकी छिन् ।
छोरी मान्छे भएर आरक्षणमा जागिर खायो भन्ने कुरामा केही व्यक्तिहरुले टिकाटिप्पणी पनि गर्ने गरेको पाईयो । कार्यालयमा पनि यो महिला मान्छे कहाँ समयमैं काममा आउँछन् र गर्छन् भनि छोरा मान्छे र छोरी मान्छेबीच केही भेदभावको मानसिकता रहेको बताएकी छिन् । तर, उनी भन्छिन्, “आश नभए पछि त्रास पनि नहुँदो रहेछ । महिला होस् वा पुरुष सबैभन्दा पहिले आफ्नो लागि आफै गर्नुपर्छ । अहिलेको आवश्यकतामा छोरीलाई दिने भनेकै शिक्षा हो । छोरी मान्छेलाई शिक्षित बनाउन सक्यौं भने पछि भविष्यमा उ आफै आर्थिक रुपमा सबल बन्न सकिन्छ । अहिले संघर्ष गर्न सक्यौं भने पछि त्यसको राम्रै प्रतिफल पाईन्छ । ”
महिला आफै सशक्त बन्न सक्यो भने उसले आफ्नो लागि आफै गरि खान सक्छन्, कसैको हात थाप्नुपर्दैन । राज्यले पनि महिलाको आवाजलाई सुन्नुपर्छ । शिक्षा र स्वास्थ्यको क्षेत्रमा महिलालाई सुरक्षित रुपमा अगाडी बढाउने कुरामा राज्यले महत्वपूर्ण भूमिका खेल्न आवश्यक देखिन्छ । राज्यले मात्र नभई परिवार र समाजले पनि छोरी चेलीहरु समस्यामा परिरहंदा तिनीहरुलाई सक्रिय रुपमा अगाडी बढाउन, विभेद गर्न नदिन सचेतना रुपले महिला सशक्तिरणलाई अगाडी बढाउन आ–आफ्नो ठाउंबाट सक्दो सहयोग गरी समस्याको निराकरण गर्दै लैजानुपर्ने उनको भनाई छ ।
गीता अधिकारी

गीता अधिकारी दमक उपमेयर तथा नगर शिक्षा समितिको अध्यक्ष, दमक बहुमुखी क्याम्पस २८ वर्ष अध्यापन उनले एमफिलमा डिग्री हासिल समेत गरेकी छिन् । महिलाहरुको शिक्षाको विषयमा उनी भन्छिन्, घरपरिवारबाट महिलाहरुलाई शिक्षा त दियो तर पुग्ने गरी भने दिएन, सरकारी तथा सम्बन्धित निकायबाट पनि वैज्ञानिक तथा प्रविधिसम्बन्धि शिक्षा पुर्ण रुपमा दिएको देखिन्न । मात्रै सामान्य लेखपढ र बिहेवारीमा राम्रो केटा पाउंछ भन्ने उद्देश्यले मात्रै महिलाहरुलाई पढाइमा सीमित गरेको पाईयो ।
शिक्षा अहिलेको अपरिहार्य विषय हो । यसका लागि महिला आफैले पनि पहल गर्नुपर्छ । हरेक बाधा अड्चन र अवरोधलाई स्वीकार गर्दै महिला आफै पनि अगाडी बढ्न सक्नुपर्छ । वर्तमान समयमा हरेक क्षेत्रमा महिलाको नेतृत्व आवश्यकता छ, त्यसका लागि परिवार र समाजले पनि उत्तिकै सहजता पु¥याउनुपर्ने हुन्छ ।
। सरकारले पनि समयसमयमा छात्राहरुसम्बन्धि आएका समस्याहरुको समाधान तथा सम्बोधन गर्न विभिन्न कार्यक्रम ल्याईरहेका हुन्छन् ।
अहिलेको अवस्थामा छोरी मात्रैलाई नभई बुहारीलाई पनि उत्तीकै शिक्षाको सुविधा दिन आवश्यक छ ।
बुहारी पढाउ अभियान अब घरघरबाट महिलाबाटै सुरुवात् गर्न आवश्यक छ । किनकि, बीचमा छोडेका, पढाईलाई निरन्तर दिन नसकेका तथा पूर्ण गर्न नपाएका छोरी चेलीलाई हामी पढाउंछौ कि पढाउंदैनौं भनेर सोधिरहँदा खेरी म बुहारी पढाउंछु कि पढाउंदिन भन्ने कुराको पनि उत्तीकै महत्व हुन्छ ।
राज्यले पनि महिला तथा पुरुष दुवैलाई परीश्रमको रुपमा समान ज्यालाको व्यवस्था गरिनुपर्छ । अवसरमा महिला र पुरुष छुट्टिनु भएन । सरकारले अहिले ३३ प्रतिशत रुपमा महिलाको उपस्थिति हुनुपर्छ भन्ने व्यवस्था गरेको छ अब ३३ प्रतिशतमा मात्रै सीमित नभई पुरुष सरह महिलाको पनि स्वास्थ्य, शिक्षा विकास तथा राजनीतिक जस्ता जुनसुकै क्षेत्रमा समान रुपले पहुंच हुनुपर्छ । राज्यले स्वतन्त्र रुपमा महिला हिँड्न सक्ने र सुरक्षा महशुस गर्न सक्ने वातावरणको व्यवस्था गर्नुपर्छ । महिलालाई अगाडी बढाउन नेतृन्व विकासका योजना ल्याउनुपर्छ । तब मात्र राज्यले सक्षम महिला उत्पादन गर्न सकिन्छ ।
गीता राना

ग्यालेक्सि स्कूलकी प्रिन्सिपल गीता राना भन्छिन्, अन्तर्राष्ट्रिय नारी दिवसलाई संसारका सबै राष्ट्रहरु अहिले सम्म पनि मान्यता दिएको छैन, होईन भने यस दिनलाई विश्व नारी दिवसको रुपमा मनाईन्थ्यो अन्तर्राष्ट्रियको रुपमा होईन । यसर्थ, नेपालको सन्दर्भमा पनि कुरा गर्ने हो भने महिलाको स्थिति खासै राम्रो देखिंदैन । देशमा महिलाहरु धेरै नै पिछडिएका छन् ।
हरेक क्षेत्रमा महिलालाई अगाडी बढाउने एउटा मात्र साधन भनेकै शिक्षा हो । नेपालमा शिक्षा क्षेत्रको नियम र व्यवस्थापनका विषयहरुमा महिलालाई कुनै किसिमको रोकतोक छैन । तर, अन्य क्षेत्र र त्यहाँको नीति नियमका कुराहरुमा भने महिलाहरुलाई अहिले पनि समस्या छ ।
३५ वर्षदेखि शिक्षा क्षेत्रमा निरन्तर लागेकी उनी बताउंछिन्, महिलालाई शिक्षा दिने दायित्व सरकारको मात्र नभई हामी सबैको हो । सबैले आ–आफ्नो नीजि क्षेत्रबाट महिला शिक्षा, सुविधा र स्वतन्त्रतामा योगदान पु¥याउन सकियो भने महिलाहरु पनि सहज रुपले अघि बढ्न सकिन्छ ।
राज्यले पनि महिलाहरुका लागि शिक्षा सुविधा दिन समयसमयमा अभियान सञ्चालन गर्नुपर्छ । हरेक क्षेत्रमा महिलाहरुलाई समावेश गराउन राज्यबाट महिलाको सुरक्षा, सम्मान र रोजगारको उचित व्यवस्था हुनुपर्ने प्रिन्सिपल राना बताउँछिन् ।
दीपीका रिमाल थापा

२०३९ सालदेखि शिक्षण पेशमा कार्यरत सिद्धार्थ विद्यापीठ स्कुलकी प्रिन्सिपल दीपीका रिमाल थापा अहिले पनि सक्रिय रुपमा शिक्षण पेशामा कार्यरत छिन् । निजी विद्यालय क्षेत्रमा सक्रिय महिला प्रिन्सिपलका रुपमा उनले आफ्नो परिचय बनाएकी छिन् । नयाँ नयाँ शिक्षण विधि र प्रविधिको प्रयोग गर्दै विद्यार्थीहरुलाई अहिलेको विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने शिक्षा उनको विद्यालयले प्रदान गर्दै आईरहेको छ । सिद्धार्थ वनस्थली स्कुलबाट पढाउन सुरु गरेकी उनले २०५६ सालमा आफ्नै स्कुल सञ्चालनमा ल्याईन् । त्यसबेलाको समयमा अरु पेशालाई भन्दा शिक्षण पेशालाई सुुरक्षित पेशा मानिने उनको भनाई छ ।
मास्र्टस सम्म अध्ययन गरेकी उनको एसएलसी पछि नै बिवाह भएको बताउँदै उनले भनिन्,“परिवार राम्रो भएको कारण विवाह पछि पनि पढ्न पाए ।” छोराछोरी हुर्केपछि उनले स्नातक र मास्र्टस सकेकी हुन् । महिला र पुरुष बराबार हुन् भन्ने सोच राख्ने उनी महिला र पुरुषबीच हुने विवादको अन्त्य हुनुुपर्छ भन्ने चाहान्छिन् । पहिलेको तुलनामा अहिले केही परिर्वतन आएको भएपनि गाउँघरमा अझैपनि महिलालाई कमजोर पात्रका रुपमा नै हेरिदा दुुःख लाग्ने उनको गुनासो छ । बिवाहपछि पनि महिलालाई काम गर्न सक्ने अवसर प्रदान गर्नुपर्ने उनको भनाई छ ।
ऋतु न्यौपाने

त्यस्तै, ३० वर्षेकै उमेरमा आफूलाई शिक्षण संस्थामा अब्बल नेतृत्व गरी स्थापित गर्न सफल छिन्, ऋतु न्यौपाने । उनी सुुभश्री, सेफेड र ट्रिटन तीन वटा कलेजमा चिफ अपरेटिङ अफिसर भएर काम गरिरहेकी छिन् । म्यानेजमेन्ट विषयमा मास्र्टस सकेकी उनी निर्णय गर्न सक्ने क्षमता भयो भने महिलाले हरेक क्षेत्रमा राम्रो गर्न सक्ने बताउँछिन् । ४ वर्ष देखि सीओओ भएर कार्यरत उनले प्लस टुु अध्ययन गर्दै देखि जब गर्न थालेकी हुन् । यहाँ सम्म आइपुुग्दा धेरै संघर्ष गरेकी सुरु सुरुका दिनमा नेतृत्व गर्न सक्दिन भन्नेहरु धेरै भएको भएपनि आफूमा गर्न सक्छु भन्ने भावना भएका कारण यहाँ सम्म आइपुुगेको उनको भनाई छ । महिला भएकै कारण शिक्षा क्षेत्र कार्यरत भएकाले धेरै समस्या भोग्नुु नपरेको उनको अनुुभव छ । आफूसँग गर्न सक्छुु भन्ने आत्मविश्वास भएमा कुनै पनि क्षेत्रमा काम गर्न सकिने उनले बताइन् ।
उनलाई नर्स बनाउने अभिभावकको चाहान भएपनि उनको रुची व्यवस्थापकिय विषयमा भएकाले नर्स नपढेर म्यानेजमेन्ट पढेकी उनले आमाबुुबाको सपना साकार गर्न नसकेपनि आज उनको क्षेत्रमा सफल छिन् । उनको मिहेनत र संघर्षले नै उनलाई यहाँ सम्म ल्याई पुु¥याएको उनको भनाई छ ।
वर्षमा एकचोटि नारी दिवसलाई पर्वका रुपमा मात्र मनाउने भन्दा पनि नारीमा भएको क्षमता, सीप र ज्ञानलाई प्रस्तुत गर्नका लागि साथ र सहयोग दिई हरेक क्षेत्रमा नारी र पुरुष बराबार हुन भन्ने मानसिकता विकास गराउन आवश्यक छ ।