काठमाडौं/१९ पुस – चिकित्सक क्याम्पस महाराजगञ्जका, उपप्रध्यापकद्वयलाई विना सूचना क्याम्पसमा अनुपस्थिति रहेकोकाे भन्दै त्रिभुवन विश्वविद्यालय, रजिष्टारको कार्यालयले स्पष्टीकरण पेश गर्न निर्देशन दिएकाे छ ।
महाराजगञ्ज चिकित्सक क्याम्पसमा विद्यावारिधि गर्दै गरेका नारायण सुवेदी मिति २०७४ फागुन ६ गतेदेखि १ वर्षको स्वीकृति अध्ययन विदा पश्चात र डा रिजन श्रेष्ठले मिति २०७७ असोज २७ देखि लगातार ९० दिन भन्दा बढी विना सूचना अनुपस्थिति भई आफ्नो कर्तव्यप्रति लापरवाही गरेकोमा त्रिवि शिक्षक कर्मचारी सम्बन्धी नियम, २०५० को परिच्छेद १० को नियम ८४९१० को (क) र (छ) को कारवाहीका साथै सोही नियमको ८२९१०को (ख) अनुसार अनुपस्थिति रहेको मितिदेखि लागू हुने गरी सेवाबाट निष्काशित हुन सक्ने भन्दै ३५ दिनभित्र आ–आफ्नो स्पष्टिकरण पेश गर्न त्रिवि कार्यकारी परिषद्को मिति २०७०–०९–०४ को निर्णय अनुसार सूचना प्रकाशित गरिएको छ ।



