७ सय ६८ शाखा अधिकृतका लागि विज्ञापन खुला

काठमाडौं/२५ मंसिर– लोक सेवा आयोगले तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत र सो सरह पदका लागि ७ सय ६८ जनाको विज्ञापन खुला गरेको छ ।
आयोगले बुधबार सूचना जारी गर्दै न्याय, कानुन र सरकारी वकिलमा दरखास्त आह्वान गरेको हो । आयोगले खुलातर्फ १ सय ३६, महिला ३७, आदिवासी जनजाति ३०, मधेसी ३०, दलित ११, अपाङ्गता भएका ६ र पिछाडिएको क्षेत्रका लागि ५ सिटमा आवेदन खुलाएको छ ।
आयोगका अनुसार पुस १५ गतेसम्म् आवेदन दिन सकिने छ भने चैत १७ गतेदेखि लिखित परीक्षा हुनेछ । स्नातक तह उत्तीर्ण गरेका उम्मेदवारले आवेदन दिन सक्नेछन् । आयोगले पुस १५ सम्म एक हजार रुपैयाँ र २२ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन भर्न सक्ने जनाएको छ ।