बाजुरा/ ७ पुस – कोरोना संक्रमणको जोखिम बढेपछि दश दिनका लागि विद्यालय बन्द गर्न जिल्ला प्रशासन कार्यालय बाजुराले विद्यालयलाई निर्देशन दिएको छ ।
जिल्ला प्रशासन कार्यालयले बडिमालिका नगरपालिकाको वडा नम्बर ८ र ९ का सबै विद्यालय बन्द गर्न निर्देशन दिएको हो ।
वडा नम्बर आठका चार जना विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि दश दिनका लागि विद्यालय बन्द गर्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले खबर एजुकेशनलाई जानकारी दिए । साथै वडा नम्बर आठ र नौं संगै रहेकोले दुबै वडाको पठनपाठन बन्द गरिएको गैरेले बताए ।



