भौतिक उपस्थितिमा पढाइ गर्न त्रिविद्वारा सबै क्याम्पसलाई निर्देशन


काठमाडौँ /१९ मङ्सिर – त्रिभुवन विश्वविद्यालय विद्यार्थीलाई भौतिक उपस्थितिमा पढाइ गर्न सबै क्याम्पस तथा विभागलाई निर्देशन दिएको छ । स्थानीय निकायले तोकेको समयसिमा र मापदण्ड भित्र रहने गरी स्थानिय निकायसंग समन्वय गरेर विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमा नियमित कक्षा सञ्चालन गर्न सबै क्याम्पस र विभागलाई निर्देशन दिएको हो ।

त्रिविको सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख सूर्यप्रसाद अधिकारीका अनुसार स्थानीय तहसँग समन्वय गरी सम्भव भएसम्म भौतिक उपस्थिति गराई कक्षा सञ्चालन गर्ने र सम्भव नभए अन्य वैकल्पिक विधिको प्रयोग गरी नियमित कक्षा सञ्चालनको व्यवस्था गर्न सबै क्याम्पसलाई भनिएको छ ।


यस अघि विश्वविद्यालयले कोभिड १९ को संभावित जोखिम नियन्त्रणको लागि पूर्वतयारी तथा सर्तकता अवलम्बन गर्न आवश्यक रहेकोले नियमित कक्षा तथा परीक्षा लगायत सम्पूर्ण गतिविधि स्थगन गरी अनलाइन कक्षा सञ्चालन गर्दै आएको थियो ।