कक्षा १२ को वर्षिक परीक्षाको समय तालिका सार्वजनिक,परीक्षा मङ्सिर ९ बाट

  •  
  •  
  •  
  •  
  •  


काठमाडौँ /५ कार्तिक – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा गर्ने भएको छ । परीक्षा मङ्सिर ९ बाट सुरु भई मङ्सिर १६ मा सक्ने गरी आज परीक्षा तालिका सार्वजनिक गरेको छ ।


गत बैशाख ८ गते देखि सञ्चालन हुने गरी तय भएको परीक्षा कोभिड १९ को महामारीको कारण स्थगित भएको थियो ।

नेपाल सरकारले तोकेको स्वास्थय सुरक्षा सम्बन्धी मापदण्ड र सामाजिक दुरीको पालना गरी परीक्षा सञ्चलन गरीने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।

तोकिएको परीक्षा तालिका अनुसार परीक्षामा अनुस्थित हुने परीक्षार्थिका लागि पुन अर्को व्यावस्था नगरीने समेत जनाएको छ ।

त्यसै गरी प्रयोगात्मक परीक्षा सम्पन्न हुन बाँकी रहेका विषयहरुको प्रयोगात्मक परीक्षा विद्यालयले आन्तरीक रुपमा सम्पन्न गरी कार्तिक २५ गते भित्र राष्ट्रिय परीक्षा बोर्डको सम्बन्धीत कार्यलयमा बुझाउन समेत भनिएको छ ।

कोभिड १९ को संक्रमित विद्यार्थीलाई परीक्षामा सामेलनहुन भनिएको छ भने त्यस्ता विद्यार्थीको हकमा परीक्षण गरीएको रिपोर्टको आधारमा पछि छुट्टै परिक्षाको व्यावस्था गरीने बोर्डले जनाएको छ ।

साथै कोभिड १९ महामारीका कारण आफु अध्ययन गरेको विद्यालय रहेको जिल्ला भन्दा फरक जिल्लामा रहेर आफ्नो विद्यालयमा उपस्थित भइ परीक्षामा सहभागि हुन नसके परीक्षार्थीले यसअघि पेश गरेको विवरणका आधारमा परीक्षामा सहभागि हुन पाउने छन् ।

‘मन्त्रिपरिषद्ले कक्षा १२ को परीक्षा सञ्चालन गर्न स्वीकृति दिएको पछि परीक्षा हुने भएको हो । शिक्षा मन्त्रालयले कार्यविधि बनाएर परीक्षा सञ्चालन गर्नु भने पछि परीक्षा सञ्चालनको कार्यविधिसहित दसैंअघि नै राष्ट्रिय परीक्षा बोर्डले समयतालिका प्रकाशन गरेको छ ।
परीक्षा सञ्चालनका लागि बोर्डले प्रश्नपत्र छपाएर जिल्लाजिल्लामा पठाइसकेको भए पनि अब छोटो परीक्षाका लागि नयाँ प्रश्नपत्र छपाएर परीक्षा केन्द्रमा पठाइनेछ । प्रश्नपत्र छपाउन ढिलाइ भए अनलाइनमार्फत पठाउने कार्यविधिमा उल्लेख छ ।

दुई साताअघि कक्षा १२ लगायत स्थगित भएका परीक्षा सञ्चालन गर्न मन्त्रिपरिषद् बैठकले अनुमति दिएको थियो । साथै कक्षा १२ को परीक्षा नहुँदा विश्वविद्यालयहरूमा स्नातक तहको भर्ना र पठनपाठन प्रभावित भएको छ । कक्षा १२ मा ४ लाख ३२ हजार परीक्षार्थी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *