फुटबल खेलाडी सागर थापा बने मनास्लु वल्र्ड कलेजको ब्रान्ड एम्बास्डर

काठमाडौं/ १४ असोज – मनास्लु वल्र्ड कलेजले शिक्षासंगै खेलकुदलाई पनि महत्व दिनका लागि राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापालाई ब्रान्ड एम्बास्डरमा नियुक्त गरेको छ ।


कलेजले एक कार्यक्रमबीच ब्रान्ड एम्बास्डर घोषणा गर्नुका साथै सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । सम्झौता एक वर्षका लागि गरिएको छ ।

मनास्लु वल्र्ड कलेजले शिक्षासँगै खेलकुदको माध्यमबाट अत्तिरिक्त क्रियाकलापलाई पनि महत्वमा राखेको छ भन्ने सन्देश दिन पूर्व कप्तान थापालाई ब्रान्ड एम्बास्डर बनाएको जानकारी दिएको छ । प्रिन्सिपल राजन श्रेष्ठले नेपाललाई फुटबलको माध्यमबाट चिनाउन सफल खेलाडीलाई मनास्लुको ब्रान्ड एम्बासडर बनाउन पाउँदा खुशी लागेको बताउनुभयो ।