सरकारको निर्देशन पछि विद्यालय फर्केका शिक्षकमा कोरोना संक्रमण


सिन्धुली /१३ असोज – सरकारको निर्देशन पछि पठनपाठन तयारीका लागि विद्यालय फर्केका शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको छ । सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिकाका ८ जना शिक्षकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको गाउँपालिका अध्यक्ष कारसाङ लामाले बताए ।

संक्रमित मध्ये २ जना महिला रहेका छन् । संक्रमित शिक्षकहरुमा एक जना सिन्धुली, ६ जना सर्लाही र एक जना सिराहाबाट सिन्धुली फर्केका हुन् ।

लकडाउनको अवधिमा घर गएका शिक्षकहरु विद्यालय खोल्ने तयारीका लागि गाउँपालिका फर्केपछि उनीहरुलाई होम क्वारेन्टाइनमा राखिएको थियो । उनीहरुलाई परिक्षणको लागि स्वाव संकलन गरि परिक्षणका लागि पठाइएको थियो ।

जिल्ला बाहिर रहेका शिक्षकहरु धमाधम भित्रन थाले पछि जिल्लाका नौ वटै स्थानीय तहले विद्यालय खोल्नुपूर्व बाहिरबाट आउने शिक्षकहरुलाई क्वारेन्टाईनमा राखि परिक्षण गर्ने भएका छन् । सोहि अनुरुप परिक्षण गर्दा ८ जना शिक्षकमा कोरोना संक्रमण देखिएको गाउँपालिकाले जनाएको छ ।


हरिहरपुरगढी गाउँपालिकामा ५२ सार्वजनिक विद्यालय र २ निजि विद्यालय रहेका छन् ।