विराटनगर महानगरपालिकाले परीक्षा लिने तयारी गरेको भन्दै विद्यार्थी आन्दोलित


विराटनगर/ १२ असोज – एकातिर कोरोनाको माहामारी अर्को तिर चाडपर्व नजिक आइसकेको छ । यो विचमा निजी विद्यालय सञ्चालकसँगको मिलेमतोमा विराटनगर महानगरपालिकाले कक्षा ११ को परीक्षा लिने तयारी गरेको भन्दै विद्यार्थी आन्दोलित भएका छन् ।

समुदायस्तरमा कोरोना संक्रमण फैलिएको अवस्थामा अन्यत्र परीक्षाको तयारी नभए पनि विराटनगर महानगरमा परीक्षा लिन लागेको भन्दै विद्यार्थीले सोमबार महानगरपालिका अगाडि धर्ना दिएका छन् ।

पछिल्लो समय कोरोना संक्रमण दर बढ्दै गइरहे पनि महानगरले असोज २५ देखि कात्तिक ३ गतेसम्मको परीक्षा तालिका सार्वजनिक गरेको छ । उनीहरूले महामारीको बेला जबरजस्ती शुल्क असुल्न र कोरोना संक्रमण फैलाउने जोखिम बढाउनेगरी तयारी गरिएको परीक्षा खारेज गर्न पनि माग गर्दै धर्ना दिएका हुन् ।
साथै परिक्षा गर्ने भए अनलाइनबाट परीक्षा सञ्चालन गर्नुपर्ने विद्यार्थीको माग छ । वराटनगरमा करिब ८ हजार विद्यार्थी कक्षा ११ मा अध्ययनरत छन् ।