काठमाडौं/ ६ असोज – पूर्वाञ्चल विश्वविद्यालयले सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत स्नातक र स्नातकोत्तर तहको नियमित तर्फका परीक्षाहरु मात्र वैकल्पिक विधिबाट गर्ने निर्णय भएकोमा अब सेमेष्टर तर्फको स्थगित आंशिक परिक्षाहरु र वार्षिक परिक्षा प्रणाली तर्फका स्थगित नियमित एवं आंशिक परिक्षाहरु प्नि संचालन हुने भएको छ ।
पूर्वाञ्चल विश्वविद्यालयले नियमित तर्फको सेमेष्टर प्रणालीको परीक्षा असोज १३ गतेदेखि सञ्चालन गर्ने परिक्षा तालिका प्रकाशित गरि सकेको छ । विश्वविद्यालयका परीक्षा नियन्त्रक प्रा डा सूर्यप्रसाद संग्रौलाले नियमित तर्फ पहिलो, तेस्रो, पाँचौ र सातौं सेमेष्टरको परीक्षा असोज १३ गतेदेखि तिहारको अघिल्लो दिन सम्म सक्ने गरी समय तालिका बनाएको बताए ।
त्यस्तै सेमेष्टर तर्फको स्थगित आंशिक परिक्षाहरु र वार्षिक परिक्षा प्रणाली तर्फका स्थगित नियमित एवं आंशिक परिक्षाहरु सेमेष्टर तर्फका नियमित विद्यार्थीहरुको परिक्षा सकिएपछि यसै वर्षको मंसिर महिना भित्र परिक्षा गर्ने जनाएको छ ।
विश्वविद्यालयले परीक्षा वैकल्पिक विधि “टाइम बाउन्ड होम एक्जाम” बाट सञ्चालन गर्दे छ ।




