भर्चुअल वक्तृत्वकला प्रतियोगिता सम्पन्न


काठमाडौं/३० भदौ-माछापोखरीमा रहेको स्वाती सदन स्कुलले भर्चुअल वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । बालदिवसको अवसर पारेर आयोजना गरिएको उक्त प्रतियोगितामा प्रावि तहको लागि बाल अधिकारको महत्व र मावि तहको लागि कोभिड- १९ ले बालबालिकामा पारेको असरहरू शीर्षकमा ३० जना विद्यार्थीहरूले आफ्नो वक्तृत्व प्रस्तुत गरेका थिए । शिक्षक, विद्यार्थी, अभिभावक समेतको उपस्थिती रहेको उक्त कार्यक्रममा शिक्षकद्वय प्रकाश घिमिरे र कृष्णप्रसाद अधिकारीले निर्णायकको भूमिका निर्वाह गरेका थिए । विद्यालयका सहायक प्रधानाध्यापक राजेन्द्र कुमार शर्माको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको संयोजन कोअर्डिनेटर माधवप्रसाद अधिकारीले गरेका थिए । बालबालिकामा लुकेर रहेका प्रतिभालाई विपतको समयमा समेत एउटा मौका दिनुपर्छ र दिन सकिन्छ भन्ने उदेश्यले कार्यक्रम संचालन गरिएको अधिकारीले बताए ।


कार्यक्रममा मावि तह अर्न्तगत अंशु ढकाल, संगिता परियार र प्राप्ती बस्नेतले क्रमशः प्रथम, द्वितीय, र तृतीय स्थान हासिल गरेका थिए भने प्रावि तह अर्न्तगत युजिना बुढाथोकी, सविक्षा दवाडी, र आरोन अर्याल क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए ।


विपदको समयमा पनि यस्ता कार्यक्रमहरूमा संलग्न हुन पाउँदा विद्यार्थीहरु खुशी भएका छन् र अभिभावकहरु समेत यो नौलो अभ्याससँग सन्तुष्ट रहेका छन्” , सह प्रधानाध्यापक शर्माले बताए । आगामी दिनमा यस्ता कार्यक्रम निरन्तर रूपमा अगाडी बढाइने योजना रहेको छ , कोअर्डिनेटर अधिकारीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *