६ महिना लकडाउनपछि इटालीमा विद्यालयहरु खुले

काठमाडौं/३० भदौ- कोरोना भाइरस संक्रमणका इटालीमा बन्द रहेका विद्यालयहरु पुनःसञ्चालनमा आएका छन् ।
६ महिना लकडाउनपछि इटालीमा विद्यालयहरु खुलेका हुन् । इटालीको २० मध्ये १३ प्रान्तका विद्यालय खुलेका छन् भने बाँकी साझ प्रान्तमा एक सातापछि मात्र विद्यालय खुल्नेछन् । विद्यालय खुलेसँगै इटालीका ५६ लाख विद्यार्थीहरु विद्यालयमा फर्किएका छन् ।


कोरोना भाइरस (कोभिड-१९) को महामारी नियन्त्रणको लागि गत मार्चको शुरुमा इटालीले सबै विद्यालयहरु बन्द गर्ने निर्णय गरेको थियो । कोरोना भाइरसको महामारीको कारण अहिलेसम्म इटालीमा करिब ३५ हजार ५ सयको मृत्यु भइसकेको छ ।

स्रोत: अलजाजिरा