रोप्लाको माडी गाउँपालिकाले असोज १ गतेबाट विद्यालय खोल्ने

काठमाडौं/२९भदौ – रोल्पाको माडी गाउँपालिकाले असोज १ गतेदेखि विद्यालय खोल्ने तयारी गरेको छ। गाउँपालिकाले सरकारले जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ को पालना गरी विद्यालय खोल्ने तयारी गरेको हो ।
आइतबार गाउँपालिकाका वडा अध्यक्षहरुको उपस्थितीमा गाउँ शिक्षा समितिको बैठक बसी सरकारले जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाको विषय र पालिकाको कोरोनाको अवस्थाको विषयमा छलफलपछि विद्यालय खोल्ने निर्णय भएको हो ।


गाउँपालिकाका अध्यक्ष नन्दबहादुर पुनले विद्यालयमा पहिलो चरणमा पालिकाका स्वास्थ्यकर्मीहरुलाई पठाई सबै कक्षामा कोरोना सचेतना कक्षा चलाइने बताए । कक्षामा कोरोना रोगको जानकारी र अपनाउनुपर्ने सावधानीका विषयमा विद्यार्थी र शिक्षकहरुलाई जानकारी दिई, त्यसपछि शिक्षक विद्यार्थीको प्रत्यक्ष उपस्थितीका पठनपाठनका सञ्चालन गरिने पुनले जानकारी दिए ।


अहिलेलाई अवस्था सामान्य भएकाले विद्यालय खोलेर पठनपाठन गर्ने निर्णय गरिएको उनको भनाइ छ । उनका अनुसार गाउँपालिका भित्र अहिलेसम्म एक जना पनि कोरोना संक्रमित छैनन् । माडी गाँपालिकामा अहिले सामुदायिक क्वारेन्टाइनमा १७ जना रहेका छन् । गाउँपालिकाले एक महिना अघि नै विद्यालयमा रहेका क्वारेन्टाइन हटाइसकेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *