नमुना विकासका लागि छनोट भएका विद्यालयलाई प्रगति तथा प्रोफाइल फारम भर्न आग्रह

काठमाडौं/२९ भदौ-शिक्षा तथा मानव स्रोत विकास केन्द्र विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले नमुना विकासका लागि छनोट भएका विद्यालयहरुलाई प्रगति तथा प्रोफाइल फारम भर्न आग्रह गरेको छ । केन्द्रले २०७३/०७४ देखि हालसम्म विभिन्न चरणमा नमुना विकासका लागि छनोट भई अनुदान प्राप्त गरिरहेका विद्यालयहरुले असोज ११ गतेभित्रमा फारम भरी पठाउन म्याद तोकिदिएको छ ।