कक्षा १२ को वार्षिक परीक्षाको आवेदन दिएका विद्यार्थीको विवरण माग, यस्तो छ बोर्डको सूचना

काठमाडौं/२७ भदौ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुन आवेदन फारम भरेका विद्यार्थीको विवरण माग गरेको छ । बोर्डले एक सूचना जारी गर्दै आवेदन फारम भरेका विद्यार्थीहरुमध्ये के कति विद्यार्थीहरु महामारीका कारण हाल आफू अध्ययन गरेको विद्यालयभन्दा फरक जिल्ला वा स्थानमा बसोबास गरिरहेकाले सो विवरण उपलब्ध गराउन भनिएको छ ।