काठमाडौं/२७ भदौ – संस्थागत शिक्षक संगठन (इष्टु) मकवानपुरले प्याब्सन मकवानपुरमा लागिएको ताला खोल्ने भएको छ । शुक्रबार हेटौंडा उपमहानगरपालिकाको उपप्रमुख मिना कुमारी लामाको अध्यक्षतामा बसेको नगर बैठकमा संस्थागत विद्यालय र इष्टुबीच ताला खोल्न सहमति भएको हो ।
बैठकमा इष्टुले घोषित गरेका सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिने निर्णय भएको छ । यसैगरी, शुल्क तथा तलब सुविधाका विषयमा केन्द्रीय नीति बमोजिम आपसी समझदारी तय गरिने भएको छ । इष्टुले भदौ २० गते पारिश्रमिक नपाएको भन्दै प्याब्सन मकवानपुरमा ताला लगाएको थियो ।