लुम्बिनी विश्वविद्यालयले भोलिबाट परीक्षा लिँदै

काठमाडौं/२७ भदौ – लुम्बिनी बौद्ध विश्वविद्यालयले कोरोना भाइरसका कारण स्थगित भएको स्नातक र स्नातकोत्तर तहको परीक्षा भदौ २८ गतेबाट गर्ने भएको छ ।


विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले बीए पहिलो सेमेष्टर, स्नातकोत्तर आर्कोजोलीको पहिलो समेष्टर, म्युजियोलोजीको पहिलो र तेस्रो, विएएलएलबीको पहिलो, बीए भोट बुद्धिष्टको पहिलो समेष्टरको परीक्षा गर्न लागेको जनाएको छ भने बिबिटिटिएम, विएएलएलबी स्नातकोत्तर तहको परीक्षा सञ्चालन गर्दैछ ।


विश्वविद्यालयले जारी गरेको सूचनामा सरकारी कुनै विदा परेमा समेत विश्वविद्यालयको निर्णय बिना परीक्षा नरोकिने बताइएको छ। विश्वविद्यालयले स्वास्थ्य सम्बन्धी सबै मापदण्ड अपनाएर लुम्बिनी, बुटवल र काठमाडौंमा परीक्षा केन्द्र तोकेको छ । परीक्षाका लागि विश्वविद्यालयले स्वास्थ मापदण्डलाई ध्यानमा राख्दै परीक्षा सञ्चालन गर्ने जनाएको छ ।