पोखरा विश्वविद्यालय व्यवस्थापन संकायले अनलाइन कक्षा सुरु गर्ने

काठमाडौं/२४ भदौ पोखरा विश्वविद्यालय व्यवस्थापन संकायले अनलाइन कक्षा सुरु गर्ने भएको छ ।

विश्वविद्यालयको भदौ १८ गते बसेको भर्चुअल बैठकले दशैं तिहार अगाडि स्थगित परीक्षाहरु सुरु गर्न सम्भव नदेखिएको तथा पदाधिकारीहरुको नियुक्ति पछि मात्रै वैकल्पिक विधिका विषयमा निर्णय हुने हुँदा विद्यार्थीहरुलाई लामो समय पठनपाठनबाट अलग राख्नु उचित नभएकाले अनलाइन विधिको प्रयोग गरी हाललाई अघिल्लो वर्ष सेमेष्टार,ट्राइमेष्टरको कोर्ष पढाउने निष्कर्ष अनुसार अनलाइन मार्फत पठनपाठन गराउन निर्णय गरेको हो ।

विश्वविद्यालयले आङ्गिक स्कुलहरु, संयुक्त आङ्गिक कलेजहरु तथा सम्बन्धन प्राप्त कलेजहरुलाई अनलाइन मार्फत पठनपाठन अगाडि बढाउनका लागि अनुरोध गरेको छ ।