काठमाडौं मेडिकल कलेजको ओपीडी निःशुल्क

काठमाडौं / १८ भदौ – काठमाडौंको सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले ओपीडी निःशुल्क गरेको छ । बिहीबारबाट लागू हुनेगरी ओपीडी निस्शुल्क गरिएको अस्पतालले जनाएको छ । यसअघि अस्पतालले प्रति बिरामी एक सय रुपैयाँ ओपीडी शुल्क लिँदै आएको थियो ।


काठमाडौं मेडिकल कलेजको अध्यक्षको जिम्मेवारी डा।सुनिल शर्माले सम्हाले सँगै अस्पतालले बहिरंग सेवा वापतको स्वास्थ्य परिक्षण शुल्क हटाउने निर्णय लिएको हो । बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालकसमेत रहेका डा।शर्माले सोमबारबाट केएमसीको अध्यक्ष पद सम्हालेका हुन् ।


काठमाडौंको सिनामंगल र भक्तपुरको दुवाकोटबाट कलेजको अस्पताल सेवा सञ्चालन भईरहेकाले दुबैमा ओपीडी निःशुल्क हुनेछ । सशुल्क उपचार सेवाको दररेट भने पुरानै कायम गरिएको अस्पतालले जनाएको छ ।


आजबाट केएमसी अस्पतालमा ओपीडी निस्शुल्क