राजेश हमाल र श्रृखंला खतिवडा भर्चुअल इडियुफियर २०२० मा


काठमाडौं /८ भदौ – नेपालकै पहिलो र ठूलो भर्चुअल इडियुफियर २०२० मा विद्यार्थी अभिभावक तथा सरोकारवालाहरुले भ्रमण गर्ने जानकारी लिने क्रम तिव्र रुपमा अगाडी बढेको छ । विद्यार्थीहरु दुई करोडको छात्रवृत्तीको लागि ठूलो संख्यामा सहभागी भइरहेका छन् । यस मेलाको सबैभन्दा आकर्षक कुरा समाजका ख्याती प्राप्त व्यक्तित्वहरु, सेलिव्रेटीहरुले लाइभ वेभिनार मार्फत विद्यार्थी तथा सरोकारवालाहरुलाई दिएको करियर काउन्सिलिङ्ग, मोटिभेसन तथा अनुभव अदानप्रदान अत्यन्तै प्रभावकारी देखिएको छ ।


धेरै विद्यार्थीहरुको अनुरोधमा यहि भाद्र १० गते बेलुका ५ः०० बजे देखि ७ः०० बजे सम्म भर्चुअल इडियुफियर नेपालको फेसबुक पेजबाट महानायक राजेश हमाल, हिसान केन्द्रीय अध्यक्ष रमेशकुमार सिलवाल तथा चर्चित मिस नेपाल २०१८ की विजेता श्रृखंला खतिवडा आउने भएका छन् ।


यो लाइभ वेभिनार विद्यार्थीहरुको लागि अत्यन्तै महत्वपूर्ण हुने आयोजक कलेज रिडर्सको भनाइ छ । कलेज रिडर्स द्धारा आयोजित हिसानको सक्रियतामा भईरहेको भर्चुअल इडियुफियर २०२० मा देशैभरि बाट २०० भन्दा बढी प्लस टु स्कुल तथा कलेजहरु सहभागी भएका छन् भने लाखौं विद्यार्थीहरुले घरमै बसीबसी कलेजहरु छान्ने अवसर पाइरहेका छन् ।

अहिले सम्म दुई करोडको छात्रवृत्तिमा करिव ३० हजार विद्यार्थीहरुले आवेदन दिइसकेका छन् भने करिव २५०० विद्यार्थीहरु अनलाइन परीक्षामा सहभागीभएका छन् । यस भर्चुअल इडियुफियर २०२० को अनलाइन परिक्षामा भाद्र १० गते सम्म सहभागी भएका विद्यर्थीहरुको परीक्षाफल भाद्र १५ गते सम्म प्रकाशित गरिनेछ भने भाद्र १० पछि अनलाइन परिक्षा दिने विद्यार्थीको परीक्षाफल भाद्र २५ गते सम्ममा हुने संयोजक रामहरि सिलवालले जानकारी दिए ।


कोभिड १९को माहामरी अझै भईरहेको हुदा भाद्र १० गते समापन हुने यस भर्चुअल इडियुफियर २०२० भाद्र २५ गतेसम्म बढाएको छ ।