अनन्त राज पन्त
अध्यक्ष,सामुदायिक बिद्यालय शिक्षा सुधार समाज , कर्णाली प्रदेश
कोरोना महामारीको संक्रमण रोक्न नेपाल सरकारले २०७६ चैत्र १० देखी २०७७ असार ७ गतेसम्म पहिलो चरणको बन्दाबन्दिको घोषणा गरेको थियो। बन्दाबन्दी खोले सङ्गै पुनः कोरोना महामारी संक्रमणको दर बढी रहेको कारण २०७७ भाद्र १ देखी १५ गते सम्मको दोस्रो चरणको बन्दाबन्दीमा हामी अहिले रहेका छौ। कोरोना महामारीबीच सबै भन्दा बढी प्रभावित क्षेत्र भनेकै शिक्षा हुन गएको छ। अभिभावक, बिद्यार्थी एबम शिक्षकहरुमा आर्थिक, मानसिक तथा सामाजिक प्रभाव अत्याधिक पर्न गएको छ। बिद्यार्थीहरु आफ्नो अध्ययन र भाबी भबिस्यको नतिजा र शिक्षकहरु आफुलाइ केहि गरेनन् भन्ने आम नागरिकहरुको दोषारोपणका कारण मानसिक रुपमा चिन्तित छन।
उच्च स्तरिय दरबन्दी मिलान आयोग २०७६ र नेपाल सरकारले सार्बजनिक गरेको पछिल्लो आर्थिक सर्बेक्षण अनुसार २७,७०४ सामुदायिक बिद्यालय, ६,६८७ सस्थागत र १,१२९ धार्मिक बिद्यालय गरि नेपालमा ३५,५२० बिद्यालय रहेका छन। यसै गरि सामुदायिक बिद्यालयमा ३३,००० बाल बिकास शिक्षक, १,२६५ महिला परियोजनाका शिक्षक, ८०,१७६ स्वीकृत दरबन्दी र २१,८७१ राहतकोटा गरि जम्मा १,०२,०४७ प्राथमिक तहमा, १६,२४४ स्वीकृत दरबन्दी र ९,६०९ राहत कोटा गरि २५,८५३ निम्नमाध्यमिक तहमा,१२,७२५स्वीकृत दरबन्दी र ६,८९८ राहत कोटा गरि १९,६२३ जना माध्यमिक (९-१०), २,००० स्वीकृत दरबन्दी र ४००० अनुदान कोटा गरि ६००० माध्यमिक (११-१२), ४०,१९९ जना पिसिएफ, स्थानिय तहको श्रोत ,बिद्यालयको निजि श्रोत, तथा आंशिक शिक्षकको रुपमा गरि सामुदायिक बिद्यालयमा जम्मा २,२७,९८७ जना शिक्षकहरु र सस्थागत तर्फ ८८,८४८ शिक्षकहरु कार्यरत रहेका छन। यसरी ३,३५,८१६ शिक्षकहरु कोरोना संक्रमण हुने डर , बन्दाबन्दी र सरकारको शिक्षा सम्बन्धी स्पस्ट कार्यनीति अभावका कारण नियमित पठनपाठन कार्यबाट बिमुख भएका छन।
त्यसै गरि शिक्षा तथा मानव श्रोत बिकास केन्द्र (२०१९-२०)अनुसार ५,५५,०७५ सामुदायिक,५,५०,४८६ सस्थागत गरि ११,०५,५६१ जना बालबिकास, ३८,०६,६३९ सामुदायिक र १५,१२,३६५ सस्थागत गरि ५३,१९,००४ आधारभुत तहमा र १२,२१,४४४ सामुदायिक, ४,८१,१७४ सस्थागत गरि १७,०२,६१८ जना माबि (९-१२) गरि बालबिकास देखी माध्यमिक तहसम्म जम्मा ८१,२७,१८३ बिद्यार्थीहरु हाल कोरोना महामारी बीच बिद्यालयको प्रत्यक्ष अध्ययन कार्यबाट बन्चित भएका छन।
कोरोना संक्रमणको महामारी कहिलेसम्म रहने र कतिसम्म हुने भन्ने कुरा विश्व स्वास्थ्य संगठनले समेत भन्न नसकी रहेको अबस्था र यसको रोकथामको लागी कुनै औषधी पत्ता लागी नसकेको हुँदा आम मानिसहरु कोरोनाको त्रासमा आफू सुरक्षीत हुने विकल्प बाहेक अन्य सोचाइ राख्न सकिरहेका छैनन।
शिक्षा मानिसको तेस्रो आँखा र मानिसको जिबन यापन र देश बिकासको मुल आधार भएका कारण विद्यार्थीहरुलाइ शिक्षा प्राप्त गर्ने उनिहरुको अधिकारबाट बन्जित गराउन हुदैन भन्ने कुरा आम रुपमा उठिरहेको छ। यस अबस्थामा नेपाल सरकार र नेपालका शिक्षा बिदहरुले बैकल्पिक शिक्षण बिधिको धेरै चर्चा परी चर्चा गरेको पाइन्छ। बिधुतिय शिक्षण माध्यमलाई मान्यता दिनु पर्ने कुरा सस्थागत बिद्यालयका सस्थाहरु र शिक्षा बिदहरुबाट आइरहदा सरकार तथा शिक्षबिदले तपशिलका कुराहरुमा ध्यानदिएका छन कि छैनन् भन्ने प्रश्न आम मानिसहरुमा उठिरहेको छ।
सरकारले नेपालका सम्पुर्ण बालबालिकाको पहुँच पुग्ने बिधि मान्यता दिनु पर्ने कुरामा आवाज उठिरहदा बिधुतिय माध्यम नै अन्तिम विकल्पको रुपमा लिन खोजेको देखिन्छ। बिधुतिय विकल्प लागु गर्नु अगाडी बिद्यालय नेतृत्वहरुले तपसिलका कुरामा ध्यान दिन जरुरी देखिन्छ।
– राज्यले शिक्षा, स्वास्थ्य लाई निजीकरण नगरी सामुदायिककरण गरेको छ कि छैन ?
– बिधुतिय प्रबिधिको कक्षा सन्चालन शिक्षा तर्फको चिन्ताले हो कि सस्थागत बिद्यालयको आर्थिक फाइदा, बिधुतिय सामाग्रीका कम्पनीको नाफाको लागी वा बैकल्पिक उर्जा मध्य सौर्य उर्जा कम्पनीको आग्रहमा गर्न खोजेको ?
– ३,२७,९८७ जना शिक्षकहरु र ८१,२७,१८३ बिद्यार्थीहरुसङ बिधुतिय प्रबिधिबाट अध्ययन अध्यापन गर्न गराउन बिधुतिय सामाग्री छन या छैनन्? पक्कै अध्ययन भएको हुनुपर्छ । ति बिद्यार्थीहरु एबम शिक्षकहरुमा एन्ड्रोइड मोबाईल वा ल्यापटप चलाउने सीप छ कि छैन ?
– ल्यापटप वा एन्ड्रोइड मोबाईल नभएका बिद्यार्थी एबम शिक्षकहरुलाइ सरकारले निशुल्क बितरण गर्न सक्छ या सक्दैन ?
– निशुल्क ईन्टरनेट र मोबाईल डाटा प्याकेज सरकारले शिक्षकहरु एबम बिद्यार्थीहरुलाइ उपलब्ध गराउन सक्छ या सक्दैन ?
– ३,२७,९८७ जना शिक्षकहरु र ८१,२७,१८३ बिद्यार्थीहरु बसोबास गर्ने बस्तिमा सरकारले नियमित रुपमा बिधुत सेवा, ईन्टरनेट सेवा, टेलिभिजनको सेवा, मोबाईल सेवा, रेडियो एफ एमको सेवा के र कति स्तरमा उपलब्ध गराउन सक्छ या सक्दैन ?
– ३,२७,९८७ जना शिक्षकहरु, ३५,५२० बिद्यालयका प्रअहरु, बिब्यस , शिअस, शिक्षकहरुका पेशागत संघ सङ्गठनका स्थानिय तह देखी केन्द्रिय तहसम्मका नेतृत्वहरु , स्थानिय निकाएका प्रमुखहरु, शिक्षा शाखा प्रमुखहरु र स्वयम् शिक्षा मन्त्रालय र नेपाल सरकार शिक्षा प्रति चिन्तित छ या छैन ?
– शिक्षक महासंघको नेतृत्वले देशको भौगोलिक स्थिती , प्रबिधिको पुर्बाधार र बिद्यार्थी तथा अभिभावकहरुको आर्थिक, सामाजिक, भौगोलिक अबस्था अनुसारको बैकल्पिक शिक्षण सिकाइको कुनै ठोस योजना सल्लाहको रुपमा पेशस्थानिय तह देखी शिक्षा मन्त्रालयसम्म पेश गरेका छन या छैनन ?
-आम शिक्षकहरुको बिचार र बैकल्पिक शिक्षण बिधिको सम्बन्धमा स्थानिय तहमा छलफल हुने गरेको छ त ?
– के सरकारले शिक्षकहरु र बिद्यार्थीहरुको स्वास्थ्यको पुर्ण ग्यारेन्टी गर्दै हालको अबस्थामा २५००००० लाख बराबरको बिमा गरेको छ या छैन ?
नेपालमा भौगोलिक, आर्थिक, सामाजिक, सास्कृतिक बिबिधता अनुसारको अहिलेको कोरोना संक्रमणको महामारी बीच बैकल्पिक शिक्षण सिकाइको सम्बन्धमा बिद्यालय नेतृत्वहरुकै प्रमुख भुमिका देखिन जान्छ । बिद्यालय नेतृत्व भन्नाले बिद्यालयका प्रअ ,बिब्यस अध्यक्ष ,स्थानिय निकाएका प्रमुख, शिक्षा शाखा प्रमुख ,र शिक्षा मन्त्रालयका पदाधिकारिहरु र सरकारलाई बुझिन्छ भने सबै भन्दा अहम भुमिका प्रअ र स्थानिय निकायको देखिन्छ। बैकल्पिक शिक्षण सिकाइ होस या बिद्यालय सन्चालन गर्न तपसिल अनुसारका भुमिका निर्बाह गर्नु पर्ने देखिन्छ ।
– प्रअहरुको सक्रियतामा स्थानिय निकाएका प्रमुख ,शिक्षा शाखा प्रमुख ,प्रदेश तथा मन्त्रालयको समन्वयमा स्थानिय निकाएको आर्थिक पार्दर्शिता र बैकल्पिक शिक्षण सिकाइको सम्बन्धमा र कोरोना संक्रमण पश्चात् बिद्यालय सन्चानमा लाग्ने खर्चको सम्बन्धमा व्यापक छलफल गराउने।
– स्थानिय तहको टोल टोलमा अभिभावक भेलाको आयोजना गरेर कोरोना संक्रमण र यसको संक्रमणबाट जोगिने विधि र बालबालिकाको शिक्षाको बारेमा अन्तर क्रिया गर्दै निष्कर्षमा पुग्ने।
– बिद्यालय नेतृत्वहरुबाट बिद्यार्थी परिवारको सुरक्षा र स्वास्थ्य सुनिश्चित गर्न बिद्यालय बाहिर रहेका बालबालिकाले भोग्ने गरेको अबरोधहरु कम गर्न योजना निर्माण गर्नु पर्ने।
– निम्न आर्थिक स्तरका अभिभावकहरुलाई सरकारबाट राहत सामाग्री उपलब्ध गराउन सिफारिस गरि प्रदान गर्नु पर्ने।
– अहिलेको कोरोना संक्रमणबाट वच्न विभिन्न किसिमका पम्प्लेट, ब्रोसर, ब्यानर होडिङ बोर्ड तयार गरि टोल टोलमा बितरण गर्नु पर्ने।
– चिन्ता, डिप्रेसन र कुपोषणबाट पिडित हुन सक्ने बालबालिका र शिक्षक बीच मानसिक स्वास्थ्य र कल्याणकारी चुनौतिहरु निराकरण गर्न बिद्यालय नेतृत्वहरुले चुनौतिहरुको लक्षण पहिचान गर्दै चुनौती सम्बोधन गर्न ब्यबहारिक बिधि अपनाउनु पर्ने।
– छोटो समयको शैक्षिक सत्र भएको हुँदा आर्थिक, सामाजिक र भौगोलिक आधारमा समुहगत रुपमा तिब्र उपचारात्मक पाठहरुको निर्माण गर्ने।
– विभिन्न शहरी तथा गाउँ क्षेत्रमा शिक्षकहरु एबम बिद्यार्थीहरुको कोरोना संक्रमणका कारण मृत्यु भएको कारण उनिहरुमा छाएको डर ,चिन्ता मानसिक तनाब कम गर्न शिक्षक विद्यार्थीहरुमा जन्म र मृत्यु प्राकृतिक कुरा भएको र बाचुन्जेल आफ्नो कर्तब्य निर्बाहामा गर्दै समाज र रास्ट्रप्रती समर्पित हुनका लागी परामर्शको कार्यक्रम राख्ने।
– टोल टोलमा बैकल्पिक शिक्षाको विधि र अभिभाबकहरुले बैकल्पिक शिक्षण सिकाइकालागी गर्नु पर्ने तयारिको सम्बन्धमा जानकारी गराउने।
-आफ्ना अभिभावक सङ ल्यापटप , एन्ड्रोइड मोबाईल , टेलिभिजन , मोबाईल नेटवर्क र रेडियो सिग्नलको जनकारी लिने र तथ्यांक निर्माण गर्ने ।
-बिद्यालयको लेखा प्रणाली प्रबिधि मैत्री बैङ्किङ प्रणाली बनाउन लाग्नु पर्ने।
– बिद्यालयलाई पुर्ण रुपमा प्रबिधि मैत्री बनाउने र प्रबिधिकै माध्यमबाट नियमित पठनपाठन र अन्तरास्ट्रिय रुपमा वैदेशिक समकक्षी बिद्यार्थीसङ सीप सिकाइको आन्तर्कृया गर्ने।
बिद्यालयहरु क्वारेन्टाइन बनाइएका कारण भौतिक क्षति भएको हुँदा पुनर्निर्माणका लागी सरोकार पक्ष सङ माग गर्दै भौतिक सम्रचनाको पुनर्निर्माण गर्नु पर्ने।
– जब बिद्यालयहरु सन्चालनमा आए पश्चात् बालबालिकाका लागी छिटो सुरक्षित र स्वास्थ्य शिक्षाकोलागी परामर्श केन्द्र स्थापनाको योजना निर्माण गर्नु पर्दछ।
समुदाय सङ नियमित सम्पर्कमा रहि कोरोना महामारीबिच बैकल्पिक शिक्षण सिकाइ र सुरक्षित बिद्यालय खोल्ने सम्बन्धमा परामर्श गर्ने। बिद्यालय नेतृत्वहरुले बर्तमान समयमा आफ्ना बिद्यार्थिहरुको हित सुनिश्चित गर्ने जिम्मेवारी महसुस गर्नु पर्दछ।आफ्नो जिम्मेवारी र दायित्व पुरा गर्न भाबनात्मक रुपमा आफ्नो समुदायहरुमा अग्रणी भुमिका खेल्नुको अन्य विकल्प देखिदैन। अन्यथा हाम्रो समाज डाइनोसरको युग समाप्त भए जस्तै अन्त हुने नै छ।