१२ को परीक्षा सञ्चालनका लागि राष्ट्रिय परीक्षा बोर्डले पाँच मोडालिटी निर्माण


काठमाडौं /८ भदौ – कक्षा १२ को परीक्षा सञ्चालन गर्नका लागि राष्ट्रिय परीक्षा बोर्डले पाँच मोडालिटी निर्माण गरेको छ । बोर्डले विभिन्न सरोकारवाला संस्था र विज्ञसँगको छलफल पछि उनीहरुको सुझावमा पाँच मोडालिटी तयार गरेको हो ।


बोर्डले तयार गरेको पाँच मोडालिटी यस्तो छ :-
१. तयारी भइरहेको प्रश्नपत्र प्रदेश परीक्षा कार्यालयमा पठाएर विद्यालयमै केन्द्र राखेर परीक्षा सञ्चालन गर्ने ।
२. कोरोना महामारी कम भएको जिल्ला र क्षेत्रमा परीक्षा सञ्चालन गर्दै जाने ।
३. ओपन बुक प्रणालीअन्तर्गत प्रश्नपत्र तयार गरी अनलाइनबाट परीक्षा सञ्चालन गर्ने ।
४. कक्षा १२ को आन्तरिक परीक्षालाई मूल्यांकन गरी परीक्षा लिने ५० कक्षा ११ को परीक्षालाई आधार मानी सोही आधारमा कार्यविधि तयार गरी परीक्षा सञ्चालन गर्ने ।


बोर्डका अनुसार पाँच मोडालिटी तयार गरेको भएपनि छलफल भएपछि मात्र कुन आधारमा परीक्षा सञ्चालन गर्ने निर्णय हुनेछ । अहिले छलफलकै क्रम रहेको र निषेधाज्ञा सकेलगत्तै मोडालिटीसहितको प्रतिवेदन तयार गरी मन्त्रीलाई बुझाउने बोर्डले जनाएको छ ।