नेपाल शिक्षक महासंघका अध्यक्षलाई खुला पत्र


अनन्त राज पन्त
अध्यक्ष,सामुदायिक बिद्यालय शिक्षा सुधार समाज , कर्णाली प्रदेश


नेपाल राष्ट्रिय शिक्षक संगठनका महासचिव हंस बहादुर शाहीले फेसबुक लाइभ मार्फत जुम मिटिङ्गबाट गरिएको कर्णाली प्रदेशको नेपाल शिक्षक महासंघको कथित कार्यक्रममा शिक्षक महासंघको उपाध्यक्ष तिलक कुँवरले कर्णाली प्रदेशमा शिक्षक संघका दुई सदस्यहरु गैरशिक्षक भएकोले भैरहेको कार्यक्रमको विरोध गर्ने गरेको भन्ने कुरा सुनियो । उपाध्यक्षज्यु अस्थायी प्रकृतिका शिक्षकहरु गैरशिक्षक हुन्छन् ? तपाइँले अध्यक्ष मान्दै आउनु भएको महासंघका अध्यक्ष कुन विद्यालयमा हाल कार्यरत हुनुहुन्छ ? आधिकारिकता प्रमाणित गर्नुहोस् । आधिकारिक शिक्षक हुन सेवा निवृत्त हुनै पर्ने हो ?


अर्को कुरा तपाइले प्रतिनिधित्व गर्ने संस्थामा एक लाख नौ हजार एक सय पैतालिस मात्र स्थायी शिक्षक छन्, अन्य सबै अस्थायी प्रकृतिका। शिक्षक महासंघको अधिवेशनमा भएको ५८ लाख रकमको फरफारक खोइ ? त्यस कार्यकालको अडिट खोइ ? साच्चिकै पेशागत मुद्दामा सकारात्मक सोच छ, भने ५८ लाखको हिसाब किताब फरफारक गर्दै अडिट प्रतिवेदन फेसबुक मार्फत सार्वजनिक गर्ने हिम्मत गर्नुहोस् । किनकि हामी फेसबुक नेता हो नि। के त्यो ५८ लाखमा अस्थायी शिक्षकको पसिना पुगेको छैन ? अर्को कुरा च्याट बक्समा सेवा निवृत्त शिक्षक महासंघको अध्यक्ष मान्दैनौं । महासंघको अघिल्लो कार्यकालको ५८ लाखको हिसाब सार्वजनिक गरौं भन्दा मिटिङ्गबाट निकाल्नु कति निच सोचाइ हो ? कमिनियुष्ट सोचाइ यस्तै हुन्छ ? अरुलाई बोल्न नदिने मात्र नेतृत्वको गुलामी गर्नुपर्ने ? के गलत र के सहि हो हिम्मतका साथ मिटिङ्गमा राखेर स्पष्ट पारेको खोइ ? महासंघको पूर्व कोषाध्यक्षको क्षेत्राधिकार मिच्दै तपाइले महासचिवको हैसियतले जिम्मा लिएको होइन ? यिनै लाजका पोका अङ्गालेर खुल्ला बहसमा आउन सक्नुहुन्न। पेशागत मुद्दा त्याग्दै आम शिक्षकहरुलाई ललिपप देखाउँदै आफ्नो राजनैतिक पृष्ठभुमि तयार पारिरहेका आम शिक्षकहरुले देखी रहेका छन् ।


एउटा शिक्षकको नेतृत्व भएर आम अस्थायी प्रकृतिका शिक्षकहरुलाई गैरशिक्षकको उपमा दिँदा व्याख्या विश्लेषणको शब्दकोष निर्माण गर्दै गर्नुहोला । निवृत्त शिक्षक एवं शिक्षक महासंघका पूर्व अध्यक्ष बाबुराम थापाज्यु, विधान संसोधनको प्रस्ताव जसले ल्याओस मतलब छैन। त्यो आम बहाल वाला शिक्षकहरुका लागी आत्मघाती नै हो। तपाइ विधान अनुसार अध्यक्ष कायमै छु भनी रहँदा शिक्षा ऎन २०२८ को कति औं संसोधनको कुन परिच्छेद ?, कुन बुँदा ? वा कुन अनुसुचिले तपाइले भन्ने गरेको विधानलाई मान्यता दिन्छ ? र तपाइ आधिकारिक हुनुहुन्छ ? यसोगर्दा बहुमतको दम्भमा विधान संसोधन गर्दै महिला संघको अध्यक्ष पुरुष भए जस्तो भएन र ? अर्को कुरा नयाँ शिक्षा ऎन ल्याउन सक्नु भएन मात्र सरकारको मुख पत्र र प्रवक्ता बन्ने काम मात्र भयो । तपाइको नेतृत्वमा २०७५ असोज १६ गतेको ३० बुँदे माग पत्र र २०७५ मंसिर १४ को ५० मिटरको शिक्षकहरुको सडक आन्दोलन र २०७६ भाद्र २८ को २४ घन्टे आन्दोलन २१ दिने चीन भ्रमणलाई त रहेछ ।


विगतमा भएका उपलब्धी होइन आफू अध्यक्ष हुँदाको कार्यकाल कति सफल भयो ? छातिमा हात राखेर सार्वजनिक गर्नुहोस् ।
हामी फेसबुक कै नेता नै हो, कसैको गुलाम गरिदैन। शिक्षक भएर आफ्ना नेतृत्वको क्षमता र उनीहरुको जन्म कुन्डली निकाल्दै कमीकमजोरी औल्याउदा गैरशिक्षक हुन्छ ?


अन्तमा बिचार गत होइन मेरो आवाज आम पिडित शिक्षकहरुको हो । नेतृत्व भएर आएका आम बिचार अपशब्द तथा सन्देशहरु किन ? कसरी ? केका लागी आए ? आफैमा कमजोरी छ कि केलाएर आफूलाई परिवर्तन गर्न छाडी जङ्गबहादुर बन्दै आम शिक्षकहरुलाई बिचार गत रुपमा हेर्दै उल्टो खेदो खन्ने ?
माथिका प्रश्नहरुको जवाफ सार्वजनिक रुपमा आम शिक्षकहरु कुरेर बस्ने नै छन ।
तपाइहरुको कार्यक्रमको भिडियो म सँग सुरक्षित छ।
जय शिक्षक !