पठनपाठन सञ्चालन गर्ने निर्णयसंगै मनाङ पुगेका दुई शिक्षकमा कोरोना संक्रमण

काठमाडौं/६ भदौ – मनाङका दुई शिक्षकमा कोरोना संक्रमण देखिएको छ । गत भदौ २ गते पीसीआर विधिबाट परीक्षणका लागि सङ्कलित १८ नमुनामध्ये प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा दुई शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।


दुई साताअघि तराईबाट मनाङ आएका उनीहरुमा कोरोना संक्रमण देखिएको हो । सरकारले पठनपाठन सञ्चालन गर्ने निर्णय गरेपछि मनाङ आएका उनीहरुमा संक्रमण देखिएपछि चामेस्थित आइसोलेसनमा राखिएको छ ।


स्वास्थ्य कार्यालयका अनुसार भरतपुर नगरपालिका ११, चितवन घर भई मनाङको मनाङ ङिस्याङ गाउँपालिकाको पिसाङस्थित विद्यालयका शिक्षक ५७ वर्षीय पुरुष र विराटनगर ११ मोरङ घर भई ङावल आधारभूत विद्यालयका शिक्षक ५१ वर्षीय पुरुषमा शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएको हो ।


मनाङमा हालसम्म कुल ८१ जनाको नमूना सङ्कलन गरी पीसीआर गरिएकोमा तीन जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको कोरोना छ ।