काठमाडौं /१ भदौ – कोभिड १९ को संक्रामण बढ्दै गएपछि त्रिभुवन विश्वविद्यालयले सबै क्याम्पस भदौ १ देखि १५ गतेसम्म बन्द गर्ने भएको छ ।
सूचना जारी गरी शिक्षक तथा कर्मचारीले आफ्नो प्रमुखसँग सम्पर्कमा रही घरबाटै काम गर्ने, भर्चुअल कक्षा सञ्चालन गर्ने र जनसम्पर्क हुने सेवाका कार्य बन्द गर्ने जनाएका हो ।
यस्तै, मातहतका अस्पताल र सेवा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सुरक्षा मापदण्ड पालना गरी सञ्चालन गर्ने सूचनामा उल्लेख छ ।