काठमाडौं /३२ साउन – चिकित्सा शिक्षा आयोगले एमडि र एमएसका सिट संख्यामा बृद्धि गरेको छ । आगामि शैक्षिक सत्रबाट लागु हुने गरी स्नातकोत्तर तह एमडी र एमएसको सिटमा बृद्धि गरेकोे हो ।
चिकित्सा शिक्षा आयोगले आगामि शैक्षिक सत्रको एमडि र एमएसका लागि १०४९ सिट छ्ट्याएको छ । उक्त सिट मध्ये सरकारी शैक्षिक संस्थालाई ४२२ सिट र निजि शैक्षिक संस्थालाई ६२७ सिट छ्ट्याएको छ ।
यस भन्दा अगाडि चिकित्सा शिक्षा आयोगले एमडि र एमएसका लागि ७८८ सिट छ्ट्याएको थियो । सिट संख्या बढेसंगै अध्यानकै लागि विद्यार्थीहरु विदेशिनुपर्ने बाध्यता पनि कम हुने सरोकारवालाहरुको भनाई छ ।