क्वेष्ट कलेज र संग्रिला विकास बैंकबीच सहकार्य

काठमाडौं/२९ साउन – क्वेष्ट इन्टरनेशनल कलेज र संग्रिला विकास बैंकबीच वित्तीय क्षेत्रलाई आवश्यक पर्ने जनशक्ति निर्माण गर्न सहकार्य गर्ने सम्झौता भएको छ ।

संग्रिला बैंकले आफ्ना कर्मचारीको व्यवस्थापन तथा कार्यक्षमता र उत्प्रेरणा अभिवृद्धि गर्दै व्यवसायिक तथा व्यक्तिगत लक्ष्य अभिवृद्धि गर्ने अवसर प्रदान गर्ने क्रममा क्वेष्टले अध्यापन, अनुसन्धान तथा तालिम मार्फत सो लक्ष्यमा योगदान पुर्याउने साझेदारी भएको हो ।

यो साझेदारी मार्फत बैंकका कर्मचारीले क्वेष्टको कुनैपनि डिग्री कार्यक्रम तथा तालिममा सहभागी हुँदा विशेष सुविधा तथा अध्यापन शुल्कमा छुट दिने व्यवस्था गरिएको छ । बैंकले यसअघि क्वेष्टका विद्यार्थीलाई इन्टरनशिपको मौका दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *