काठमाडौं/ २९ साउन – लुम्बिनी बौद्ध विश्वविद्यालयको परीक्षा स्थगित भएको छ । भदौ १ गतेबाट सुरु हुने भनिएको परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको परीक्षा नियन्त्रक सिद्धिश्वरमान श्रेष्ठले जानकारी दिए ।
मन्त्रिपरिषद्को बैठकले भदौ १५ गतेसम्म शैक्षिक कार्य नगर्ने निर्णय गरेकाले विश्वविद्यालयले परीक्षा स्थगित गरेको हो ।