शैक्षिक संस्था अनिश्चितकालीनका लागि बन्द गर्ने सरकारकाे निर्णय

काठमाडौं/२७ साउन- काेराेना भाइरसकाे जाेखिम बढेसँगै सरकारले शैक्षिक संस्था अनिश्चितकालसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।

सोमबारको मन्त्रिपरिषद्को बैठक सार्वजनिक गर्न मंगलवार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले अर्को सूचना जारी नभएसम्मका लागि विद्यालय एवं शैक्षिक संस्थाहरु अनिश्चितकालीन बन्द रहने जनाएका हुन् । उनले शैक्षिक संस्था, सेमिनार, पाटी प्यालेस, सैलुन, पुस्तकालय अर्को सूचना नभएसम्म बन्द रहने निर्णय भएको जानकारी दिए ।

मन्त्रिपरिषद्को बैठकले यसअघि भदौ १ गतेदेखि विद्यार्थी भर्ना अभियान सुरु गर्ने घोषणा गरेको थियो । जस अनुसार शिक्षकलाई भदौं १ अगाडि नै विद्यालयमा पुग्न भनिएको थियो । तर, काेराेना जाेखिम बढेसँगै मन्त्रिपरिषद्का्े बैठकले भदौ १५ सम्म विद्यार्थी भर्ना अभियान र शैक्षिक संस्था बन्द गर्ने निर्णय गर्नुका साथै परीक्षाहरु पनि स्थगित गरेकाे छ ।