३४ वर्षपछि भारतमा नयाँ शिक्षा नीति पारित


काठमाडौं /१५ साउन – भारतमा ३४ वर्षपछि नयाँ शिक्षा नीति पारित भएको छ ।


भारतको केन्द्रीय मन्त्रिपरिषद्ले नयाँ “राष्ट्रिय शिक्षा २०२०” नीति पारित गरेको छ । केन्द्रीय मन्त्री प्रकाश जभादेकरले बुधबार मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले नीति पारित गरेको जानकारी दिए ।

जभादेकरले २१ औँ शताब्दीलाई सुहाउने गरी नयाँ नीतिमा धेरै व्यवस्थाहरू समावेश गरिएको बताए । सरकारले ल्याएको नयाँ शिक्षा नीतिलाई सरोकारवाला र विज्ञहरूले स्वागत गर्ने र सकारात्मक रूपमा लिने उनको विश्वास छ । ३४ वर्षपछि शिक्षा नीति आउँदा यसलाई ऐतिहासिक संज्ञा समेत दिएको छ ।

२१ औं शताब्दीका विषयलाई समेटर तयार पारिएको यो शिक्षा नीतिले विश्व शिक्षा क्षेत्रलाई प्रभावित पार्ने विश्वास गरिएको छ ।