काठमाडौं /१४ साउन – कोभिड–१९ महामारीका कारण स्थगित गरीएको कक्षा ११ को परीक्षा माघ महिना भन्दा अगाडि लिइसक्नु पर्ने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डद्वारा जारी कार्यविधिमा यस्तो व्यावस्था गरिएको छ । जसमा कक्षा १२ को परीक्षाको आवेदन फर्म भर्नुपूर्व नै कक्षा ११ को परीक्षा लिइसक्नुपर्ने छ ।
कक्षा १२ को परीक्षा ढिलोमा २०७८ सालको वैशाख र जेठमा सञ्चालन हुने व्यवस्था गरिएको र ‘बोर्डले सञ्चालन गर्ने कक्षा १२ को परीक्षा फर्म आगामी माघमा भर्नुपर्छ, त्यसकारण त्यो भन्दा पहिला नै कक्षा ११ को परीक्षा लिइसक्नुपर्छ ।
कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुन विद्यार्थीले कक्षा ११ मा भने सैद्धान्तिक विषयहरुमा न्यूनत्तम ‘डि प्लस’ र प्रयोगात्मकतर्फ ‘सी’ ल्याउनै पर्दछ । यदी विद्यार्थीले कम्तिमा पनि कक्षा ११ को ‘सैद्धान्तिकमा ‘डि प्लस’ र प्रयोगात्मकमा ‘सी’ ल्याएनन् भने १२ को परीक्षा आवेदन फर्म भर्न पाउने छैनन् ।
साथै कक्षा ११ का विद्यार्थीले अध्ययनका गर्ने विषयहरूको रजिष्ट्रेशन भने राष्ट्रिय परीक्षा बोर्डमै गराउनु गर्ने छ । विद्यार्थीले विषय छनौट गर्दा पाठ्यक्रम विकास केन्द्रले भने अनुसार गर्नु पर्ने छ । साथै ३० प्रतिशत भन्दा बढी अनुपस्थित विद्यार्थीले कक्षा ११ को वार्षिक परीक्षमा सहभागी हुन पाउने छैन ।
कक्षा ११ को परिक्षा सञ्चालनका लागि सम्बन्धित विषय पठनपाठन गर्ने शिक्षक, प्रधानाध्यापक र विद्यालयलाई नै उत्तरदायी बनाएर परीक्षा सञ्चालन गरिने छ भने कक्षा १२ को परिक्षा वोर्डले नै सञ्चालन गर्ने कार्यविधिमा उल्लेख छ । कक्षा ११ को हकमा कार्यविधिमा प्रधानाध्यापक अध्यक्ष, सम्बन्धित कक्षा शिक्षक र विषयगत शिक्षकहरू मध्येबाट प्रधानाध्यापक र प्राचार्यबाट मनोनीत शिक्षक सदस्य रहने गरी परीक्षा तथा प्रमाणीकरण समिति गठन हुने व्यवस्था गरिएको छ ।
‘कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन तथा प्रमाणीकरण कार्यविधि’ मा परीक्षा सञ्चालनका लागी १७ बुँदे मापदण्ड निर्धारण गरिएको छ ।
कार्यविधिको पूर्णपाठ
https://drive.google.com/file/d/1XMBIYcHdIY9abkHxpl7tfzJ1kgdp-RXu/view