शैक्षिक संस्था सञ्चालन नगर्न निर्देशन

काठमाडौं/१३ साउन-जिल्ला प्रशासन कार्यालय तम्घास, गुल्मीले शैक्षिक संस्था सञ्चालन नगर्न निर्देशन दिएकाे छ ।

प्रशासनले एक सूचना जारी गर्दै गुल्मी जिल्लामा केही संस्थागत तथा सामुदायिक विद्यालयहरु, क्याम्पसहरु सञ्चालन गरी बालबालिकाकाे पठनपाठन सुरु गरेकाे पाइएकाले तत्काल सञ्चालन नगर्ने निर्देशन दिएकाे छ ।

नेपाल सरकारकाे साउन ५ गतेकाे निर्णयअनुसार शैक्षिक संस्थाहरु अर्काे सूचना नहुनञ्जेलसम्म सञ्चालन गर्न नहुने भनेकाले सञ्चालन नगर्न निर्देशन दिएकाे हाे ।

जारी सूचनामा अर्को सूचना जारी नहुँदा सम्म कुनैपनि शैक्षिक संस्था सञ्चालन नगर्ने अाग्रह गर्नुका साथै काेही कसैले अटेर गरी सञ्चालन गरेमा कारबाही गरिने जनाएकाे छ ।