एक साताभित्र एसईईको नतिजा गर्ने तयारी


काठमाडौं /१३ साउन – ७७ वटै जिल्लाबाट एसईईका विद्यार्थीको आन्तरिक मुल्यांकन राष्ट्रिय परीक्षा बोर्डमा आइ पुगेपछि बोर्डले नतिजा प्रकाशनको अन्तिम तयारी थालेको छ ।

बोर्डले एक हप्ताभित्र नतिजा प्रकाशन गर्ने गरी तयारी थालेको परीक्षा नियन्त्रक रामराजा खकुरेलले जानकारी दिए । बोर्डमा अहिले प्राप्ताङ्क तालिकाको सफ्ट कपी र हार्ड कपीको रुजु गर्ने काम भईरहेको छ । रुजुको काम अन्तिम चरणमा रहेको उनको भनाइ छ । बोर्डले यसअघि साउन १५ भित्र नतिजा प्रकाशन गर्ने लक्ष्य लिएको भएपनि जिल्लाबाट प्राप्ताङ्क आउन ढिला भएपछि नतिजा प्रकाशनमा ढिलाइ भएको हो ।


यो वर्ष ४ लाख ८२ हजार विद्यार्थीले एसईई परीक्षामा सहभागी थिए । जसमध्ये नियमित (साधारण) तर्फ ४ लाख ५६ हजार ३ सय २९ र प्राविधिकतर्फ ९ हजार ५ सय ९ परीक्षार्थी रहेको थिए ।

परीक्षा बोर्डका अनुसार ग्रेड वृद्धिअन्तर्गत साधारणतर्फ १६ हजार २ सय ४२ र प्राविधिकतर्फ १ सय ३९ परीक्षार्थी सहभागी भएका थिए ।