काठमाडौं /१३ साउन –एमबीए विश्वव्यापी र सफल व्यवस्थापन करियरका लागि एक चर्चित विषय हो । विश्व भरि नै यो विषय लोकप्रिय बन्दै गएको छ । पैसा, यन्त्र र जनशक्तिको व्यवस्थापनका लागि लोकप्रिय बन्दै गएको विषयको व्यवस्थापन शिक्षाको उच्चस्तरीय तहलाई नै एमबीए भनिन्छ । मासटर्स इन विजनेश एडमिनिस्टे«सन (एमबीए) विभिन्न उद्योग, कलकारखाना, बैंक लगायत क्षेत्रमा व्यवस्थापन तथा एन्टरप्रेनरसिप सिक्ने र युवालाई योग्य बनाउने विषय हो । सोझो अर्थमा भन्नु पर्दा कुनै पनि प्रकारको कारोबार सञ्चालनका लागि सीप सिकाउने कोर्ष हो । यो विषय नेपालमा करिब अढाइ दशक देखि अध्ययापन हुदै आइरहेकोे छ । स्नातक तह अध्ययन गरे पछि धेरै विद्यार्थीको रोजाइमा पर्छ एमबीए । सफल व्यवसाई बन्नकालागि सबैभन्दा प्राथमिक विषय भएको कारणले उनीहरुको आवश्यकता पुरा गर्न एमबीए विकल्प बन्ने गरेको पाइन्छ । उद्यमी संगै कुनै पनि क्षेत्रमा जागिर खान होस वा व्यक्तिगत जीवनलाई अझ बढि व्यवस्थित गर्न एमबीए आवश्यक भइसकेको छ ।
एमबीए एक यस्तो विषय हो जसले आर्थिक, सामाजिक, भौगोलिक र परिस्थिति अध्ययन गरि एक सफल उद्यमी जन्माँउछ । धेरै जसो विद्यार्थीको रोजाइमा एमबीए पर्नुको मूख्य करण भनेको कामको अवसर हो । देश र विदेश जाँहापनि रुचाइएको यस विषयको स्कोप अन्तराष्ट्रिय स्तरमा पनि रहेको छ । आधुनिकिकरण र विश्वबजारको आवश्यकतासंगै एमबीएको विषयगत परिधि फराकिलो हुदै गएको छ । विश्वविद्यालयहरुमा एमबीए अन्तर्गत पनि अन्य थुप्रै विषय अध्ययापन हुन थालेको छ । एमबीए(आईटी), एमबीए(एचआर), एमबीए(फाइनेन्स), एमबीए(मार्केटिङ) , एमबीए(अकाउन्टेन्ट), एमबीए (प्रोजेक्ट म्यानेजमेन्ट) एमबीए अन्तर्ग पढिने विषय हो ।
१. एमबीए इन फाइनान्स
यो विषय फाइनेन्स तथा बैंकसंग सम्बन्धित विषय हो । फाइनान्स क्षेत्रमा काम गर्नको लागि म्याथ,अर्थतन्त्र, एकाउन्टमा पोक्त हुनु जरुरी छ । यो र्कोष पढेपछि फाइनेन्स, अकाउन्टिङ, बैंकिङ, को–ओपरेट फाइनान्समा जागिर पाउन सकिन्छ ।
२. एमबीए इन आईटी
मास्टर्स अफ बिजनेस एडमिनिस्ट्रेसन इन इनर्पmरमेसन टेक्नोलोजी अध्ययन गर्न स्नातक तहमा कम्प्यूटर सम्बन्धी अभ्ययन गरेको हुनुपर्छ । यो विषय पढेपछि व्यवस्थापन र प्राविधिकतामा दक्षता हासिल गर्न सकिन्छ । एमबीएआईटी पढेपछि आफै उद्यम चलाउन सकिन्छ । यो विषय पढेपछि विद्यार्थीले टेक्नोलोजिसंग सम्बन्धीत रहेर आफ्नो व्यावसाय चलाउन सक्छन ।
३. एमबीए अफ मार्केटिङ
एमबीए अफ मार्केटिङले मार्केटिङको क्षेत्रमा करियर बनाउन मद्दत गर्छ । यस विषयले हामीलाई कुनै पनि क्षेत्रमा प्रयोग गर्न मिल्ने कौशल्ता सिकाँउछ । यस विषय पढेर मार्केटिङ, सेल्स, आपरेसन म्यानेजमेण्टमा करियर बनाउन सकिन्छ ।
४. एमबीए अफ अकाउनटेन्सी
एमबीए अफ अकाउनटिङ्गले विद्यार्थीलाई उच्च स्तरको विज्नेश पाठ्यक्रमको ज्ञान दिन्छ र विद्यार्थीलाई एक विजनेशमा राम्रो स्तरको ज्ञान तथा सीप प्रदान गर्छ । यो विषय अध्ययन गरेपछि विद्यार्थीले अकाउन्ट संग सम्बन्धीत क्षेत्रहरुमा जागिर पाउन सकिन्छ ।
५. एमबीए अफ प्रोजेक्ट म्यानेजमेण्ट
एमबीएको स्कोप बढे संगै नेपालमा यस विषय अध्ययन गर्ने विद्यार्थीको संख्या पनि बढदो रहेको छ । विभिन्न कलेजहरुले यस विषय अध्ययन अध्ययापन गराउन थालि सकेका छन । नेपालमा यस विषयको पहिलो पटक काठमाडौं युनिर्भसिटि (के.यु) ले सन १९९३ मा अध्ययापन हुने थालेको हो । यो विषय नेपालमा भित्रिएको २ दशक भइसकेको छ । यहि अवधिमा नेपालका अन्य विश्वविद्यालयले त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय र पूवाञ्चल विश्वविद्यालयले अध्ययापन गराउन सुरु गरिसकेका छन् । बढदो औधोगिकरण, आर्थिक विकास, वित्तिय विकास संस्थाको विस्तारले एमबीए पढने विद्यार्थीको चाप बढदो छ । देश भरिमा ५० भन्दा बढि कलेजहरुले एमबीए विषय सञ्चालन गरेका छन ।
एमबीए पढ्नका लागि विश्वविद्यालयहरु यसप्रकार रहेका छन् ।
१. त्रिभुवन विश्वविद्यालय
त्रिभुवन विश्वविद्यालयमा मास्टर्स अफ बिजनेश एड्मिनिस्ट्रेसन दुई वर्ष गरी ४ वटा सेमेस्टर प्रणली अनुसार पढाइ हुन्छ । २ वर्षको अवधिमा ६० क्रेडिटको पढाइ हुन्छ । त्रिविको वेभसाइटका अनसुार प्रत्येक विद्यार्थीले ३ लाख ८५ हजार रुपैंया तिर्नु पर्ने हुन्छ । सार्क राष्ट्रका विद्यार्थीले भने ४ लाख ९४ हजार रुपैया तिर्नु पर्ने हुन्छ । विश्वविद्यालयले भर्ना हुनु अघि १० हजार रुपैंया राख्छ र विद्यार्थीको पढाइ पुरा भएपछि फिर्ता गर्छ । त्रिविमा एमबीए इन फाइनेन्स, एमबीए इन इन्ट्रपेनर एण्ठ इन्ट्रप्राइज डेभेलप्मेण्ट, एमबीए इन मार्केटिङ, एमबीए इन हयुमन रिर्सोसेस विषय पढाइ हुन्छ । त्रिविमा हरेक सेमेस्टरमा १६ हप्ता पढाइ हुन्छ । काठमाडौं विश्वविद्यालयमा एमबीए अध्ययन गर्नको लागि १५ वर्षको औपचारिक शिक्षा प्राप्त गरेको हुनपर्छ । १२ वर्षको माध्यमिक शिक्षा र ३ वर्षको स्नातक तहको औपचारिक शिक्षा आवश्यक पर्छ । विद्यार्थीले सबै विषयमा कम्तीमा पनि २ जिपिए प्रात्प गरेको हुनुपर्छ ।
२. काठमाडौं विश्वविद्यालय
काठमाडौं विश्वविद्यालयमा एमबीएको कोर्ष दुई वर्ष सम्म पढाइन्छ । दुई वर्षको अवधिका ६ ट्रमको पुरा कोर्ष हुन्छ । एक वर्षको ३ ट्रम गरी विद्यार्थीले १४ हप्ता सम्म पढनु पर्ने हुन्छ । विद्यार्थीलाई प्रयोगात्मक शिक्षामा पनि जोड दिदै आएको छ । काठमाडौं विश्वविद्यालयको वेभसाइट अनुसार एमबीए पढनको लागि विद्यार्थी जम्मा ४ लाख ९० हजार रुपैंया तिर्नुपर्ने हुन्छ । विद्यार्थीले एकै पटकमा सबै तिर्ने भन्दा पनि १२ पल्टको इन्स्टलमा रकम तिरि सक्नु पर्ने हुन्छ । सार्क राष्ट्रबाट आएका विद्यार्थीले तोकेको रकमको १÷३ गुण रकम तिर्नु पर्ने हुन्छ । त्यसै गरी अन्य राष्ट्रका विद्यार्थीले दोब्बर तिर्नुपर्ने हुन्छ । विश्वविद्यालयले भर्ना हुनु अघि १० हजार रुपैंया राख्छ र विद्यार्थीको पढाइ पुरा भएपछि फिर्ता गर्छ । । काठमाडौं विश्वविद्यालयमा एमबीए अन्र्तगत यस्ता विषयहरु पढाइ हुन्छ जस्तै ः एमबीए इन फाइनान्स, एमबीए इन मार्केटिङ, एमबीए इन प्रोजेक्ट म्यानेज्मेण्ट, एमबीए इन हयुमन रिर्सोसेस, पढाई हुन्छ । काठमाडौं विश्वविद्यालयमा एमबीए अध्ययन गर्नको लागि १५ वर्षको औपचारिक शिक्षा प्राप्त गरेको हुनपर्छ । १२ वर्षको माध्यमिक शिक्षा र ३ वर्षको स्नातक तहको औपचारिक शिक्षा आवश्यक पर्छ । विद्यार्थीले सबै विषयमा कम्तीमा पनि २ जिपिए प्रात्प गरेको हुनुपर्छ ।
३. पोखरा विश्वविद्याल
पोखरा विश्वविद्यालयमा एमबीए अन्तर्गत एमबीए इन फाइनास, एमबीए इन मार्केटिङ, एमबीए इन हयुमन रिर्सोसेस, एमबीए इन म्यानेजमेण्ट साईन्स एण्ड सिस्टम, एमबीए इन जेनेरल म्यानेजमेण्ट, एमबीए इन इलेक्टिभस पढाइ हुन्छ । पोखरा विश्वविद्यालयको एमबीएमा अध्ययन गर्न विद्यार्थीले कम्तिमा १५ वर्षको औपचारिक शिक्षा हासिल गरेको हुनुपर्छ । पि.यु मा अध्ययन गर्न विद्यार्थीले पि.युमा central examination entrance test उत्तिर्ण गर्नु पर्ने हुन्छ । पोखरा विश्वविद्यनलयले वर्षमा दुई चोटि भर्ना लिन्छ । भर्ना हुनु अघि विद्यार्थीले Pokhara University Management Admission Test (Pumat) उत्तिर्ण गर्नु पर्ने हुन्छ । पहिलो भर्ना मार्च र अर्को भर्ना अगस्टमा लिइन्छ । दुई चोटि गरेर १२ सय विद्यार्थी भर्ना लिइन्छ ।
४. पूवाञ्चल विश्वविद्यालय
पूवाञ्चल विश्वविद्यालयमा मास्टर्स अफ बिजनेश एड्मिनिस्ट्रेसन(एमबीए)को र्कोष दुई वर्ष ४ सेमेस्टर अन्तर्गत पढाइ हुन्छ । पि.यु मा एमबीए विषय ६९ क्रेडिटको हुन्छ । एमबीए इन फाइनान्स, एमबीए इन मार्केटिङ, एमबीए इन म्यानेजमेण्ट, एमबीए इन ग्लोबल विज्नेश म्यानेजमेण्ट विषय पढाइ हुन्छ । विद्यार्थीले पहिलो सेमेस्टरमा ४५ हजार बुझाउनु पर्ने हुन्छ । र दास्रो, तेस्रो र चौथो सेमेस्टरमा ४० हजार गरी कुल १ लाख ६५ हजार बुझाउनु पर्ने हुन्छ । पूर्वाञ्चल विश्वविद्यालयमा अध्ययन गर्नको लागि विद्यार्थीले १५ वर्षको औपचारिक शिक्षा प्राप्त गरेको हुनपर्छ । १२ वर्षको माध्यमिक शिक्षा र ३ वर्षको स्नातक तहको औपचारिक शिक्षा आवश्यक पर्छ । विद्यार्थीले सबै विषयमा कम्तीमा पनि २ जिपिए प्राप्त गरेको हुनुपर्छ ।