विद्यार्थीलाइ ई- लर्डनिङ्ग प्याकेज दिन प्याब्सन र नेपाल टेलिकमको सहकार्य


काठमाडौ/ २६ असार – लकडाउनका कारण यतिवेला सबै शैक्षिक संस्था बन्द छन् । विद्यार्थीहरु घरमै भएपनि अनलाइन मार्फत पठनपाठन भने भइरहेको छ । तर सबै ठाउमा इन्टरनेटको पहुच नहुदा कति विद्यार्थीलाइ अनलाइन मार्फत पढाउन सकिएको थिएन । सकभर सबै विद्यार्थीलाइ अनलाइनबाटै भएपनि पढाउन सकियोस भनेर प्याब्सनले नेपाल टेलिकमसंग सहकार्य गर्ने भएको छ ।

प्याब्सनको विशेष अनुरोधमा विद्यार्थी तथा शिक्षक,शिक्षिका ,शैक्षिक संस्थालाइ नेपाल टेलिकमले प्याब्सन ई-लर्डनिङ्ग प्याकेज दिन सहमत भएको प्यब्सन केन्द्रकी उपाध्यक्ष तथा संयोजक दीपिका रिमाल थापाले जानकारी दिइन् ।


नेपाल टेलिकमले प्याब्सन ई-लर्डनिङ्ग प्याकेज दिए पछि निजि बिद्यालयमा अध्यनरत करिब २५ लाख बिद्यार्थि, शिक्षक तथा अभिभावकले यो सुबिधा उपभोग गर्न सक्नेछन् ।


यो सुविधा लिनको लागि *१४४१# मा डायल गर्नु पर्ने छ । बिद्यार्थीहरुले यो सुबिधा लीनका लागि आफ्नो बिद्यालयमा नाम लेखाउनु पर्ने छ । ई- लर्डनिङ्गको सुबिधाको निम्ति *१४४१# मा गएर त्यहा भएको २ वटा विकल्प मध्ये कुनै एक प्रयोग गर्न सकिन्छ । तर प्याब्सन सदस्य बिद्यालयका बिद्यार्थीहरुले सो दुइवटा विकल्प मा उल्लेख भएको सुबिधा भन्दा धेरै बडी सहुलियत प्राप्त गर्न सक्नेछन् । जसका निम्ति अभिभावक बर्गले आफ्ना छोराछोरीहरुको नाम आ -आफ्नो बिद्यालयमा लेखाइ अभिलेखिकरण गरि सकेको हुनु पर्नेछ ।


यो सुबिधा नेपाल टेलिकमको सिमकार्ड हुनेले मात्र लीन पाउने छन् ।