विदेशी विद्यार्थीहरुले अमेरिका छोड्नुपर्ने निर्णयविरुद्ध हार्वर्ड र एमआईटी विश्वविद्यालय अदालतमा

काठमाडौं/२५ असार – अमेरिकी सरकारले इमिग्रेसनसम्बन्धी नयाँ नियम बनाएपछि विदेशका हजारौं विद्यार्थीहरुले अमेरिका छोड्नु पर्ने भएको छ । ट्रम्प प्रशासनले हालै अमेरिकामा बसेर पूर्णरुपमा अनलाइनमार्फत् अध्ययन गर्दै आएका विद्यार्थीहरुलाई अमेरिकामा बस्न नदिने निर्णय गरे संगै अन्य देशका विद्यार्थीहरू देश छोड्नुपर्ने अवस्था आएको छ ।
कोभिड १९ का कारण विश्वविद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गरेका छनभने ति विश्वविद्यालयहरुमा अध्यानरत विदेशी विद्यार्थीहरुलाई उनीहरुकै देश फर्काउने अमेरिकी सरकारले निर्णय गरेको हो ।


त्यसकारण अमेरिकाका दुई प्रतिष्ठित हार्वर्ड र एमआईटी विश्वविद्यालयले सरकारविरुद्ध कानुनी लडाइँको बाटो रोजेका छन् । यो निर्णयबाट कोरोना संक्रमणको जोखिमका कारण अनलाइन कक्षा सन्चालन गर्दै आएका विश्वविद्यालयहरु र त्यसमा अध्ययनरत विद्यार्थीहरु मारमा परेको भन्दै विश्वविद्यालयहरुकानुनी लडाइँको बाटो रोजेका हुन । उनिहरुले ट्रम्प प्रशासनले ल्याएको नयाँ नियम खारेजीको माग गरेका छन् । साथै विश्वका दुई शीर्ष इन्स्टिच्यूट हार्वर्ड युनिभर्सिटी र म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीले संघीय अदालतलाई नयाँ आप्रवासी कानूनमा प्रतिबन्ध लगाउन अपील गरेको छ ।


हार्वर्ड समुदायलाई पठाइएको ईमेलमा हार्वर्डका अध्यक्ष लरेन्स बाकाउले भनेका छन् हामी यस मुद्दामा डटेर लड्न चाहन्छौं ताकि हाम्रा अन्तर्राष्ट्रिय विद्यार्थी र देशका अन्य शैक्षिक संस्थाहरूबाट आउने विद्यार्थीहरूले देशबाट निकालिने डरका कारण आफ्नो अध्ययन पूरा गर्न नसक्ने अवस्था नहोस ।


अमेरिकामा रहेका धेरै विश्वविद्यालयहरुको आम्दानीको मुख्य स्रोत विदेशी विद्यार्थीहरु पनि हुन् ।