काठमाडाैं/ २४ असार- शैक्षिक परामर्श व्यवसाय प्रवद्धनको लागि नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्श क्षेत्रका चारजना व्यक्तिलाई आज मनोनयन गरेको छ ।
२०७७ साल असार १८ गतेको मन्त्रीस्तरिय निर्णय अनुसार शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धि निर्देशिका २०७३ को ११(३ ) मा भएको व्यवस्था बमोजिम शैक्षिक परामर्श समन्वय समितिको सदस्य पदमा दुई वर्षका लागि मनोनयन गरिएकाे हाे ।
उक्त समन्वय समितिमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान ) को तर्फबाट अध्यक्ष प्रकाश पाण्डे, स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को तर्फबाट अध्यक्ष युवराज कट्वाल र उपाध्यक्ष गीता रिजाल तथा राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) को तर्फबाट काेषाध्यक्ष रमन कोइराला मनाेनयन गरिएकाे छ ।