काठमाडौं/११ मंसिर–त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले पैंतालिसौं दीक्षान्त समारोहमा दीक्षान्त पदक एवं पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरुको नामावली सार्वजनिक गरेको छ ।
पनिकाले त्रिविबाट लिएका विभिन्न तह एवं विषयका परीक्षाहरुमा सर्वप्रथम भई विभिन्न दीक्षान्त पदक एवं पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरुको नामावली सार्वजनिक गरेको हो । पनिकाका अनुसार नामावलीमा उल्लेख भएका विद्यार्थीहरु बाहेक अन्य कुुनै विद्यार्थीले दीक्षान्त प्राप्त गर्नुपर्ने आधार भए मंसिर १७ गतेभित्र स–प्रमाण विरोध दाबी गर्न सक्नेछन् । पनिकाले दीक्षान्त पदक एवं पुरस्कार प्राप्त गर्ने विद्यार्थीले आफूले प्राप्त गरेको सक्कल ट्रान्सक्रिप्ट, ट्रान्सक्रिप्ट र नागरिकताको फोटोकापी सहित मंसिर १८ गतेदेखि २४ गतेसम्म पनिका बल्खुमा सम्पर्क राख्ने जानकारी दिएको छ ।
त्रिविको पैंतालिसौं दीक्षान्त समारोह पुस ३ गते पुल्चोक इन्जिनियरिङ कलेजको खेल मैदानमा आयोजना हुँदैछ ।