काठमाडौं/२७ असार – शिक्षा अधिकृत अजय बोहोरामाथि मोबिल खन्याएर दुव्र्यवहार गरिएको छ । दाङको घोराही उपमहानगर शिक्षा महाशाखाका अधिकृत बोहोरा माथी वडा नं. १५ का वडा सदस्य लेखनाथ बुढाथोकी (उत्तम)ले मोबिल छर्केर दुव्र्यवहार गरेका छन् ।
पद्मोदय पब्लिक स्कुलको विद्यालय व्यवस्थापन समितिको निर्वाचन नियम विपरीत गराएको भन्दै बुढाथोकीले बोहोराको शरीरमा मोबिल खन्याइदिएका हुन् । साथै बुढाथोकीले विद्यालय व्यवस्थापन समितिको निर्वाचन सार्न दबाब दिँदै आए पनि बोहराले मानेका थिएनन् ।
सामाजिक सञ्जालमा भिडियो बुढाथोकी आफैं सामाजिक सन्जालमा पोष्ट गरेका छन् । भिडियोमा मोटरसाइकलमा सवार बोहोरालाई हेलमेट माथिबाटै मोबिल खन्याएको देखिन्छ ।



