काठमाडौँ /२८ वैशाख – प्रतिनिधिसभाको आजको बैठकमा ‘विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३’ पेस भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्स गरेका हुन् ।
आजकै बैठकमा विभिन्न आठ अध्यादेश पेस भएका छन् । ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’, ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश, २०८३’ अध्यादेश, ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तेस्रो संशोधन अध्यादेश, २०८३’ ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३’ र ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ बैठकमा पेस गरिएको छ । फाईल फोटो



