नतिजा प्रकाशन पश्चात यसरी हेर्न सकिन्छ एसईईको नतिजा

काठमाडौं/२७ वैशाख – माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भएपछि विभिन्न माध्यमबाट नतिजा हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय जनाएको छ । शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रशकाशन गर्ने तयारी सँगै नतिजा हेर्ने सूची सार्वजनिक गरेको हो ।


कार्यालयले एक सूचना प्रकाशित गर्दै नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस, आईभीआर र विभिन्न वेबसाइटहरूबाट हेर्न सकिने व्यवस्था मिलाएको जानकारी दिएको छ ।