रामपुर/२७ वैशाख – विद्यालयबाट प्रधानाध्यापक कक्ष र लेखा कक्षबाट नगद सहित एक थान क्यामेरा र एक थान मोबाइल चोरी भएको छ । पाल्पाको रामपुर नगरपालिका ७ स्थित आधारभूत माध्यमिक विद्यालयमा गएराति चोरी भएको हो ।
विद्यालयमा रहेको क्यानको एक थान क्यामेरा, रेड्मीको एक थान मोबाइल सहित ३० हजार नगद चोरी भएको विद्यालयले जनाएको छ । आइतबार बिहान प्रधानाध्यापक र लेखा कक्ष रहेको कोठाको ढोकाको ताला फुटाएको अवस्थामा भेटिएको प्रधानाध्यापक रूपनाथ गौतमले जानकारी दिए ।
विद्यालयको पश्चिम हाता बाट प्रवेश गरी ताला फुटाएर चोरी गरेको पाइएकोले घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।



