काठमाडौँ /९ बैशाख – जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीका छोराछारलिाई अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने अछामको मेल्लेख गाउँपालिकाले निर्णय गरेको छ ।
सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धि गर्ने उदेश्यले सो निर्णय गरिएको पालिकाले जनाएको छ ।
गाउँसभाको १८औँ अधिवेशनको पहिलो बैठकबाट शिक्षक, कर्मचारी, जनप्रतिनिधि तथा पदाधिकारीहरूले आफ्ना छोराछोरीलाई शैक्षिक सत्र २०८३ देखि अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गराउनुपर्ने निर्णय गरिएको जनाएको छ ।



