वालिङ नगरपालिकाले बिहान ९ बजेदेखि विद्यालय सञ्चालन गर्ने

काठमाडौँ /८ बैशाख – वालिङ नगरपालिकाले बिहान ९ बजेदेखि दिउसो ४ बजेसम्म विद्यालयमा पठनपाठन गर्ने निर्णय गरेको छ । पालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई वैशाख १० गतेबाट अनिवार्य रूपमा पठनपाठन सञ्चालन गर्न निर्देशन दिँदै सो निर्णय गरेको हो ।


नेपाल सरकारले शनिवार तथा आइतवार विद्यालय बन्द गर्ने निर्णय गरेकोले बिहान ९ बजेदेखि विद्यालय सञ्चालन गर्ने वालिङ नगर शिक्षा समितिको बैशाख ८ गतेको बैठकले निर्णय गरेको सूचनामा उल्लेख छ ।


यसैगरी नेपालको संविधान तथा प्रचलित कानून अनुसार आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापन सम्बन्धी अधिकार स्थानीय तहको भएको उल्लेख गर्दै वैशाख १० गतेबाट अनिवार्य रूपमा पठनपाठन सञ्चालन गर्न विद्यालयलाई भनिएको छ ।


सूचनामा भनिएको छ “प्रस्तुत विषयमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रको च।नं। ६७ मिति २०८२/१२/२६ गतेको पत्रानुसार २०८३ को भर्ना अभियान वैशाख १५ गतेबाट सुरु गर्ने र २०८३ वैशाख २१ गतेबाट पठनपाठन सुरु गर्ने निर्णय भएको सन्दर्भमा नेपालको संविधान तथा प्रचलित कानून अनुसार आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापन सम्बन्धी अधिकार स्थानीय तहको भए वमोजिम स्थानीय तहको अवस्थालाई मध्यनजर गरी वालिङ नगर शिक्षा समितिको मिति २०८३/०१/०८ गतेको निर्णयानुसार यस पालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत । विद्यालयहरूले वैशाख १० गतेबाट अनिवार्य रूपमा पठनपाठन सञ्चालन गर्नुहुन तथा विद्यालय समय बिहान ९ वजेबाट दिउसो ४ बजेसम्म अनिवार्य रूपमा सञ्चालन गर्नुहुन अनुरोध छ । साथै नेपाल सरकारको मिति २०८२/१२/२२ गतेको निर्णयानुसार शनिवार तथा आइतवार विद्यालय बन्द हुने ब्यहोरा समेत जानकारी गराइन्छ ।”