डिभी एजुकेशन नेटवर्क द्धारा खाद्यान्न सामग्री सहयोग

काठमाडौ/८ बैशाख – डिभी एजुकेशन नेटवर्क (सुभश्री, सेफर्ड र ट्रिटन कलेज)ले लकडाउनका कारण समस्यामा परेका गरिब तथा विपन्न परिवारलाई खाद्यान्न सामग्री उपलब्ध गराएको छ ।

डिभी एजुकेशन नेटवर्क (सुभश्री, सेफर्ड र ट्रिटन कलेज)का अध्यक्ष विश्वनाथप्रसाद शाह द्धारा जनकपुरस्थित असहाय संरक्षण मञ्च र धनुषाकै लक्ष्मीनियाँ गाउँपालिकालाई खाद्यान्न सामग्री हस्तान्तरण गरिएको हो ।

कोरोना संक्रमण रोकथाम गर्न लागू गरिएको ‘लकडाउन’ का कारण गरिब तथा विपन्न परिवारहरु समस्यामा परेकोले असहाय संरक्षण मञ्च र लक्ष्मीनियाँ गाउँपालिकालाई खाद्यान्न सहयोग गरेको अध्यक्ष शाहले बताएका छन् ।

जनकपुरस्थित असहाय संरक्षण मञ्चले ‘लकडाउन’ सुरु भएयता गरिब, विपन्न तथा दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई दैनिक खानाको व्यवस्था गर्दै आइरहेको छ । डिभी एजुकेशन नेटवर्क (सुभश्री, सेफर्ड र ट्रिटन कलेज)बाट प्राप्त भएको खाद्यान्न सहयोगले यहाँका गरिब तथा विपन्न परिवारलाई ठूलो राहत प्राप्त भएको मञ्चका अध्यक्ष बैद्यनाथ साहले बताए ।

अहिलेको संकटको घडीमा गरिब तथा विपन्नहरु समस्यामा परेपछि सामाजिक दायित्व निर्वाह गर्दै खाद्यान्न सहयोग गरिएको डिभी एजुकेशन नेटवर्क (सुभश्री, सेफर्ड र ट्रिटन कलेज)की चिफ अपरेटिङ अफिसर ऋतु न्यौपानेले जानकारी दिइन् ।

डिभी एजुकेशन नेटवर्क (सुभश्री, सेफर्ड र ट्रिटन कलेज)ले कोरोनभाइरस का कारण देशमा लकडाउन’भए देखि विभिन्न संस्थालाइ सहयो प्रदान गर्दे आईरहेको छ ।