काठमाडौँ /२७ माघ – शिक्षक सेवा आयोगबाट सञ्चालन हुने निम्नमाध्यमिक तथा माध्यमिक तहका खुला प्रतियोगितात्मक परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूका लागि शिक्षक छनौट परीक्षामा सफलता हासिल गर्न सहयोगी हुने वस्तुगत प्रश्न–उत्तरहरू अडियोभिडियो माध्यमबाट प्रस्तुत गरिएको छ ।
यस सामग्रीमा पाठ्यक्रममा आधारित, परीक्षा दृष्टिकोणबाट अत्यन्तै महत्त्वपूर्ण नेपालको इतिहास, संस्कृति र सामाजिक व्यवस्था समेटिएको छ । यसमा निम्न शीर्षकहरू अन्तर्गत वस्तुगत प्रश्न र उत्तरहरू व्यवस्थित रूपमा तयार गरिएको छ :
४. नेपालको इतिहास, संस्कृति र सामाजिक व्यवस्था
४.१. प्राचीनकाल (किराँत र लिच्छवि) र मध्यकालको सामाजिक, आर्थिक एवं राजनीतिक अवस्था
४.२. आधुनिक इतिहासः महत्वपूर्ण राजनीतिक घटनाक्रम, कारण र परिणाम
४.३. नेपाली समाज र यसको बनोट
४.४. सामाजिक प्रथा, परम्परा, मूल्य र मान्यता
यी सबै विषयवस्तुहरूलाई सरल, स्पष्ट र परीक्षा उपयोगी ढंगले प्रस्तुत गरिएकोले शिक्षक सेवा आयोगको तयारीमा रहेका अध्ययनकर्ताहरूका लागि यो सामग्री अत्यन्त उपयोगी हुनेछ ।



