काठमाडौँ /२५ मंसिर – प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले विशेष मौका (आंशिक) परीक्षाको आवेदन फाराम भर्न सूचना जारी गरेको छ ।
परिषद्का आङ्गिक, साझेदारी, सामुदायिक विद्यालय र निजी स्तरमा सञ्चालित शिक्षण संस्थाहरूमा शैक्षिक सत्र २०७३/०७४ र २०७४/०७५ (२०१६ र २०१७ इ.सं.) मा रजिस्ट्रेसन कायम भएका डिप्लोमा तहका विद्यार्थीका लागि विशेष मौका परीक्षाको आवेदन भर्न भनिएको हो ।
सेमेस्टर परीक्षा प्रणाली अन्तर्गतका प्रथम वर्ष प्रथम खण्ड÷दोस्रो खण्ड, दोस्रो वर्ष प्रथम खण्ड÷दोस्रो खण्ड, तेस्रो वर्ष प्रथम खण्ड / दोश्रो खण्ड तथा वार्षिक परीक्षा प्रणाली अन्तर्गतका विभिन्न कार्यक्रमहरूको प्रथम, दोस्रो र तेस्रो वर्षको अन्तिम परीक्षामा अनुत्तीर्ण भएको आवेदन भर्न सक्ने छन् ।
साथै प्रि–डिप्लोमा तहको हकमा शैक्षिक शत्र २०७५/०७६ र २०७६/०७७ (२०७५ देखि २०७६ साल सम्म/२०१८ र २०१९ इ.सं.) मा रजिस्ट्रेसन कायम भई पाठ्यक्रमले निर्धारण गरेको समयावधिभित्र परीक्षा दिई अनुत्तीर्ण भएका विद्यार्थीहरूको विशेष मौका (आंशिक) परीक्षाको आवेदन भर्न सक्ने परिषद्ले जनाएको छ ।
परीक्षा २०८३ जेठ महिनामा काठमाडौँ उपत्यकामा सञ्चालन हुने छ । विद्यार्थीहरुबाट परीक्षा आवेदन फाराम भराई आगामी माघ १५ देखि २९ सम्म नियमित दस्तुरमा र फागुन ०१ देखि ७ सम्ममा विलम्ब दस्तुरमा आईटीएमएस अनलाई इन्ट्रिी गरी
परिषद्का सम्बन्धित प्रदेश कार्यालयहरूमा बुझाउनु पर्ने छ ।



